काँग्रेस नेता सिटौलाद्वारा अक्सिजन प्लान्ट उद्घाटन
आइतबार, ०९ माघ २०७८, २२ : २०
मेची प्रादेशिक अस्पताल भद्रपुरमा ११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमबीच उद्घाटन गरेसँगै उक्त अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो ।
नेपाल चिकित्सक सङ्घले अस्पताललाई ११० सिलिन्डर क्षमताको प्लान्ट उपलब्ध गराएको थियो । प्लान्ट स्थापनार्थ नेता सिटौलाले पहलसमेत गरेका थिए ।
कार्यक्रममा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले सङ्घको पहलमा चुजी फाउन्डेसन ताइवानले मेची प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट सहयोगस्वरूप उपलब्ध बताए । प्रदेश नं १ सरकारले उपलब्ध गराएको ३५ सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
-
इरान अझै लामो दूरीका हतियार प्रयोग गर्न तयार देखियाे : अमेरिकी सुरक्षा विश्लेषक
-
विश्वकप फाइनलमा किन अर्जेन्टिना हारोस् भनिरहेको छ ल्याटिन अमेरिका ?
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ काराेबार ?
-
हेर्नुहोस् साताका ६ तस्बिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण