अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएपछि आकस्मिकबाहेकका सेवा बन्द
जिल्ला अस्पताल सङ्खुवासभाका आठ स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
आजदेखि अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको जिल्ला अस्पताल सङ्खुवासभाका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा योगेन्द्रमणि बस्नेतले बताए । एन्टिजेन परीक्षण गर्दा जिल्ला अस्पतालका कार्यरत आठ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि माघ १५ गतेसम्म अत्यावश्यक बाहेकको सेवा बन्द गरिएको छ ।
आजदेखि अस्पतालमा आकस्मिक सेवा, प्रसूति सेवा र फिभर क्लिनिक मात्र सञ्चालन हुने उनको भनाइ छ । जिल्लामा सञ्चालित कोरोना विरुद्धको खोप अभियान भने यथावत सञ्चालन रहने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । सङ्खुवासभामा कोरोनाको तेस्रो लहर फैलिएपछि जिल्लामा सक्रिय सङ्मितको सङ्ख्या १४१ पुगेको छ । हालसम्म ४७ जना निको भएका छन् ।
त्यस्तै जिल्ला कारागार खाँदबारीले कोभिड सङ्क्रमण जोखिम बढ्दै गएपछि कैदीबन्दी भेटघाटलाई माघ १५ गतेसम्म बन्द गरेको जिल्ला कारागारका जेलर विनोद अधिकारीले बताए ।
मौसम परिवर्तन र चिसोले जिल्लामा रुघाखोकीका बिरामी बढेकाले कोरोना भाइरस परीक्षणको दायरा बढाउनुपर्ने स्थानीयवासीको सुझाव छ । कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेपछि स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सम्झौता उल्लङ्घनले ट्रम्पको हस्ताक्षर मूल्यहीन देखायो : खामेनी
-
विष्णु पौडेल रिहा भएको विषयमा रास्वपा सांसद पन्थी भन्छन्–वस्तुनिष्ठ समीक्षा हुनुपर्छ
-
बाल सुधार गृहको अवस्था नाजुक: क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
-
३ इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप
-
प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण