बेपत्ता ९१ वर्षीया वृद्धाको शव १० दिनपछि जंगलमा भेटियो
शुक्रबार, १४ माघ २०७८, १० : ०६
दश दिनदेखि घरबाट बेपत्ता भएकी पाल्पाकी एक वृद्धा महिलाको शव पाल्पाको जंगलदेखि तल भिरमा बिहीवार साँझ फेला परेको छ ।
जिल्लाको रामपुर नगरपालिका–१० वर्दलेकी ९१ वर्षीया वृद्धा धर्मकुमारी न्यौपानेको शव सोही वडाको जलबिरे सामुदायिक बनको भिरदेखि तल करिव ३ सय मिटर दुरीमा फेला परेको हो ।
माघ ३ गतेदेखि घरबाट बेपत्ता भएकी उनको खोज तलास गर्ने क्रममा उक्त भिरमा बिहीवार साँझ ४ बजे शव फेला पारिएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपसचिव उमाकान्त अधिकारीलाई कारबाही गर्नु नपर्ने राय
-
वर्षाले केही घट्यो वायु प्रदूषण
-
जसपा विभाजनपछि समाजवादी मोर्चाको भविष्य अन्योलमा, के गर्दैछन् विप्लव ?
-
जसपा विभाजनबारे प्रचण्डसँग माधवको चासो
-
एआईजीसहित १० जनालाई प्रहरी नियमावली र निजामती ऐन अनुसार कारबाही गर्न राय
-
नेप्से सूचकमा २ अंकको वृद्धि, कति भयो कारोबार ?