बेपत्ता ९१ वर्षीया वृद्धाको शव १० दिनपछि जंगलमा भेटियो
शुक्रबार, १४ माघ २०७८, १० : ०६
दश दिनदेखि घरबाट बेपत्ता भएकी पाल्पाकी एक वृद्धा महिलाको शव पाल्पाको जंगलदेखि तल भिरमा बिहीवार साँझ फेला परेको छ ।
जिल्लाको रामपुर नगरपालिका–१० वर्दलेकी ९१ वर्षीया वृद्धा धर्मकुमारी न्यौपानेको शव सोही वडाको जलबिरे सामुदायिक बनको भिरदेखि तल करिव ३ सय मिटर दुरीमा फेला परेको हो ।
माघ ३ गतेदेखि घरबाट बेपत्ता भएकी उनको खोज तलास गर्ने क्रममा उक्त भिरमा बिहीवार साँझ ४ बजे शव फेला पारिएको प्रहरीले जानकारी दिएको छ । उक्त घटनाको थप अनुसन्धान भइरहेको पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण