किन रोकियो चर्चित टेलिभिजन कार्यक्रम ‘रजतपट’ ?
‘रजतपट’ चर्चित टेलिभिजन कार्यक्रम हो । रङ पत्रकार प्रकाश सुवेदीले संचालन गर्दै आएको कार्यक्रममा मनोरञ्जन क्षेत्रका विकृति र विसंगति उजागर हुँदै आएको छ । अहिले भने यो कार्यक्रम अहिले रोकिएको छ ।
कार्यक्रमका कारणले बेला बेलामा विभिन्न लफडा भोग्दै आएका सुवेदीका रजतपतमात्र होइन अन्य दुई कार्यक्रम बागिना र ग्ल्यामर गफको समेत प्रसारण रोकिएको छ । सानो कुरोलाई ठूलो र सनसनी पूर्ण रुपमा प्रसारण गर्दै बजारमा चर्चा दिलाउँदै आएका सुवेदीका कार्यक्रम यसरी अचानक रोकिनुलाई धेरैले विभिन्न कोणबाट हेर्न थालेका छन् ।
अभिनेता पल शाह र समीक्षा अधिकारीबीचको वास्तविक सम्बन्ध लुकाउन समेत उनले कार्यक्रम रोकेको आरोप लाग्न थालेको छ । कतिपयले त सेलिब्रिटीले उजूरी गरेको कारण टेलिभिजनले उनको कार्यक्रम रोकेको समेत बताउँदै आएका छन् ।
कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीले भने आफू कामका व्यस्त भएको कारण कार्यक्रम बनाउन नभ्याएको बताउँछन् । ‘म केही समयदेखि उपत्यका बाहिर छु । कार्यक्रम बनाउन पाएको छैन’ सुवेदीले भने ‘म नभएपछि कार्यक्रम कस्ले बनाउँछ र प्रसारणमा आउछ ।’ आफु आफन्तको विवाह र बर्तमनका लागि केही समयदेखि झापामा रहेको सुवेदीले सुनाए । ‘म अव केही दिनमा काठमाडौं फर्कनेछु । त्यसपछि कार्यक्रम निरन्तर चल्छ’ सुवेदीले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण