भारतको बजेट : ६० लाख युवालाई रोजगारी, एक वर्षमा २५ हजार किलोमिटर हाइवे
भारत सरकारले आर्थिक वर्ष २०२२/२३ को बजेट भाषण सुरू गरेको छ । आगामी आर्थिक वर्षका लागि भारतीय केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले घोषणा गरेको बजेटमा आगामी वर्षमा १६ लाख युवालाई रोजगारी सृजना गर्ने उल्लेख छ ।
कोभिड महामारीबाट धरासायी बनेको अर्थतन्त्रलाई पुनर्उत्थान गर्न उक्त संख्याको रोजगारी सृजना गर्ने भारत सरकारले बजेटमार्फत घोषणा गरेको हो । यस्तै, आगामी एक वर्षमा भारतमा २५ हजार किलोमिटर हाइवे निर्माण गर्ने वित्त मन्त्री सितारमणले घोषणा गरेकी छिन् ।
यसका साथै, आगामी तीन वर्षमा १०० वटा व्यवसायिक रेल कार्गो सञ्चालनमा ल्याउने तथा अर्गानिक खेतीलाई बढावा दिँदै तेलहनको आयात प्रतिस्थापन गर्न सरकारले ध्यान दिने उनको घोषणा छ ।
यस्तै, कोभिडविरुद्धको खोप अभियान तीव्रगतिमा अगाडी बढिरहेकाले अर्थतन्त्र चलायमान बन्ने र आगामी वर्ष ९.२ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य भारत सरकारले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण