के प्रेममा छिन् सुरविना ?
अभिनेत्री सुरविना कार्कीले हालै फिल्म ‘काँडेतार’ छायांकन सकाएकी छन् । नवल खड्काको निर्माण तथा निर्देशन रहेको फिल्ममा उनी मुख्य भूमिकामा छिन् ।
फिल्म अभिनय लगातार गरेपनि अपेक्षाकृत सफलता हात पार्न नसकेकी उनी पछिल्लो समय प्रेममा रहेको चर्चा चल्न थालेको छ । उनले सामाजिक संजालमा गरेको पछिल्ला पोस्टले पनि त्यस्तै संकेत गर्दछ ।
हालै उनले सामाजिक सञ्जालमा ‘बाँचौं, हासौं र माया गरौं’ भनेर पोष्ट गर्दै आफ्ना केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरमा उनको बिन्दास अन्दाज देख्न सकिन्छ । नेपाली फिल्म अभिनयको अलवा उनी बलिउड अभिनयका लागि केही अगाडि भारत समेत छिरेकी थिइन् । त्यहाँ उनी केही काम गर्न समेत सफल भइन् । तर कोरोना सङ्क्रमण फैलिए लगत्तै उनी नेपाल फर्किएकी थिइन् ।
अहिले म्युजिक भिडियो र केही विज्ञापन समेत अभिनय गरेकी उनले एउटा हिन्दी गीत समेत अभिनय गरेकी छन् । ‘नाडे नाडे’ बोलको उक्त गीत जी म्युजिक कम्पनीले केही अगाडि सार्वजनिक गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण