मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

स्थानीय चुनावको चर्चा ः के भन्छन् जनता ?

'राम्रो व्यक्ति पनि नेतृत्व पाएपछि भ्रष्टाचारमा लिप्त भए'
बुधबार, १९ माघ २०७८, २० : २१
बुधबार, १९ माघ २०७८

निर्वाचन आयोगले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने भनेर सरकारलाई सिफारिस गरेको छ । सम्भवतः आगामी मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा हुनेछ । तर चुनावलाई लिएर आमजनतामा चाहिँ उत्साह छ कि छैन ? स्थानीय प्रतिनिधिहरूबाट सर्वसाधारण सन्तुष्ट छन् वा छैनन् ? आगामी निर्वाचनमा कस्ता प्रतिनिधि आउन् भन्ने चाहन्छन् ? यिनै प्रश्न सर्वसाधारणलाई सोधेका छौँ ।

उदयपुरका भरत राईले भन्छन्, ‘राम्रो मान्छे हो भनेर भोट हालेर चुनावमा जितायो, उसैले नेतृत्व पाएपछि भ्रष्टाचारमा लागेको पाइयो ।’ उनका अनुसार स्थानीय सरकार जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने सरकार भए पनि आशा गरिए अनुरूप काम हुन सकेको छैन । भ्रष्टाचार मात्रै नियन्त्रण हुने हो भने स्थानीय सरकारले धेरै राम्रो काम गर्न सक्ने राई बताउँछन् । 

त्यस्तै, ललितपुर निवासी युवा व्यवसायी निरज गौतम भन्छन्, ‘चुनाव धेरै देखियो, तर गरिखाने वर्गका लागि नेताहरूले काम गरेको छैन । त्यसैले स्थानीय चुनाव हुने कुराले आफू उत्साहित नभएको बताए । त्यस्तै आफ्नो ठाउँमा आधारभूत आवश्यकताको रूपमा खानेपानी, सडक, विद्यालय र अस्पताल नहुँदा काठमाडौँ आउनु पर्ने वा तराई बसाइसराइ गर्नुपर्ने बाध्यताले स्थानीय सरकारको प्रत्याभूत गर्न नपाएको धेरैले गुनासो गरेका छन् । 

हेर्नुहाेस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप