बर्डफ्लू रोक्न मोरङका दुई स्थानीय तहमा संकटकाल
सोमबार, २४ माघ २०७८, १७ : ४१
संघीय सरकारले मोरङका दुई स्थानीय तहमा संकटकाल घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले मोरङको ग्राथान–१ खुनियाकट्टा र बूढीगंगा – ५ मा फैलिएको बर्डफ्लू रोक्न संकटकाल घोषणा गरिएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले बर्डफ्लु नियन्त्रण गर्न एक साताका लागि संकटकाल घोषणा गरिएको रातोपाटीलाई जानकारी दिए । पशुसेवा विभागले माघ १६ गते उक्त क्षेत्रमा पालिएका कुखुराको नमूना परिक्षण गर्दा बर्डफ्लू पुष्टी भएको थियो ।
विभागका निमित्त महानिर्देशक लेखराज दाहालले केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा पीसीआर विधिबाट परिक्षण गर्दा बर्डफ्लू पुष्टी भएको जनाएका थिए । बर्डफ्लू पुष्टी भएपछि सोही स्थानमा र अन्य स्थानमा थप संक्रमण फैलन नदिन मन्त्रीपरिषद् बैठकले संकटकाल घोषणा गरेको हो ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण