प्रदेश १ मा २०९ जनामा कोरोना सङ्क्रमण
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६३७ जनाको पिसिआर परीक्षण गर्दा १४९ र ३७९ जनाका एन्टिजेन परीक्षण गर्दा ६० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ६८, सुनसरीमा ३१, झापामा २४, उदयपुर र धनकुटामा तीन-तीन, इलाम, सङ्खुवासभा र खोटाङमा दुई-दुई, पाँचथर, ताप्लेजुङ, तेह्रथुममा एक-एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको हो ।
मोरङको विराटनगरमा ३०, बेलबारीमा आठ, उर्लाबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र बूढीगङ्गामा पाँचरपाँच, ग्रामथानमा तीन, सुनवर्षीमा दुई, मिक्लाजुङ, जहदा, कटहरी, कानेपोखरी र स्थानीय तह नखुलेका एक–एक, सुनसरीको धरानमा ११, इटहरीमा नौ, बराहक्षेत्रमा चार, गढीमा दुई, देवानगञ्ज र इनरुवामा एकरएक र स्थानीयतह नखुलेका तीन, झापाको दमकमा आठ, हल्दिबारी र कनकाईमा तीन–तीन, भद्रपुरमा दुई, बुद्धशान्ति, शिवसताक्षी, विर्तामोड, मेचीनगर, गौरादह, गौरीगञ्ज, कमलगाउँपालिका र स्थानीयतह नखुलेका एकरएकजनामा सङक्रमण देखिएको हो ।
यसैगरी उदयपुरको उदयपुरगढी, चौदण्डीगढी र स्थानीयतह नखुलेका एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन, इलामको इलाम नगरपालिका र चुलाचुलीमा एक–एक, सङ्खुवासभाको खाँदबारी र पाँचखपनमा एक–एक, खोटाङको दिप्रुङमा दुई, पाँचथरको फिदिम, ताप्लेजुङको श्रीजङ्गा र तेह्रथुममा एक–एक र प्रदेश बाहिरका ११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आज १८० महिलासहित ४५८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुुई महिलाको मृत्यु भएको छ । यस प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ६३२ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण