पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६ जनाको कोरोनाबाट मृत्यु
मङ्गलबार, २५ माघ २०७८, २३ : ०२
प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मृत्यु हुनेमा पाँच महिला र एक पुरुष रहेका छन् ।
प्रदेशमा सोही अवधिमा २७४ जनामा कोरोना सङ्क्रमण भएको छ । मन्त्रालयका अनुसार ५९३ को पीसीआर परीक्षण गर्दा १२८ र ५३६ जनाको एन्टिजेन परीक्षण गर्दा १४६ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा आज ३८१ कोरोना सङ्क्रमण मुक्त भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ३७३ रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण