सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीका सबैले लगाए कोरोना विरुद्धको खोप
विराटनगर महानगरपालिकाको– १९ बैजनाथपुरमा बसोबास गरिरहेका क्रृषिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन् । कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ ।
आर्थिक एवं सामाजिक रुपमा निकै पछाडि परेका यी समुदायमा कोही पनि एसइईसम्म पढेका छैनन् । तरपनि अहिले यो समुदायका बालबालिका नजिकैका सामुदायिक विद्यालयमा अध्ययन गर्न गइरहेका छन् । हामीलाई दैनिक जीवनयापन गर्न त समस्या छ भने कसरी छोराछोरीलाई पढाउनु उनीहरुको पीडादायी प्रतिक्रिया छ ।
आर्थिक एवम् सामाजिक रुपमा पिछडिएका यो समुदायका लागि विराटनगर महानगरपालिकाले आवास गृह निर्माण गरेको छ । महानगरपालिकाको आवास कार्यक्रमअन्तर्गत ह्याविटेट नामक संस्थाले सहयोग गरेर अहिले ती समुदायका ३२ परिवारका लागि आवासगृह निर्माण गरेको छ । एक परिवारका लागि दुई वटा सुत्ने कोठा, एउटा भान्सा घर र शौचालयसहितको व्यवस्थित घर ह्याविटेटले निर्माण गरिदिएको छ ।
विराटनगर महानगरपालिकाले सो बस्तीमा नाला, बाटो बनाइ खानेपानीका लागि ट्युबवेल जडान गरेको छ । यही भौतिक संरचनामा कृषिदेवले परिवारको दिनचर्या चलिरहेको छ भने अहिले जाडोमा उनीहरुलाई न्यानो लुगा र पोषिलो खानेकुराको समेत अभाव देखिएको छ ।
ती समुदायका ३२ परिवारका लागि दुई वटा मात्र ट्युबेल रहेका छन् । एउटा बिग्रिदा खानेपानीको लागि निकै समस्या झेल्नु परेको ५९ वर्षीय फुलो क्रृषिदेवले बताए । यो घर पनि हाम्रो लागि प्रयाप्त छैन् परिवारको सङ्ख्या बढ्दा बरण्डामा रात बिताउनु परेको पीडा उनको छ ।
फुलोको परिवारबाट दुई बालबालिका सामुदायिक विद्यालय जान्छन् । एउटा कक्षा पाँचमा र अर्को कक्षा सातमा पढ्दै छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण रोजगारी खोसिएपछि आर्थिक समस्या झेल्दै आएका नरेश क्रृषिदेवले ठेला चलाएर परिवारको गुजारा गर्दैछन् । दैनिक रु ४०० भन्दा बढी आम्दानी हुँदैन, के गर्नु, अर्को उपाय पनि छैन, त्यसैले कठिन जीवनयापन गर्न बाध्य भएको उनको भनाइ छ ।
उनका पनि दुई बालबालिका सामुदायिक विद्यालयमा अध्ययनरत छन् । सरकार सेवा र सुविधा विरलै पुग्ने यो बस्तीका व्यक्तिले भने कोरोना भाइरस विरुद्धकाे खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
-
विश्वकपमा तेस्रो स्थानको भिडन्तः थोमस टुचेललाई किन छ अर्थपूर्ण ?
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण