लता मंगेशकरको बायोपिक बनाउन निर्देशकबीच प्रतिस्पर्धा
भारतीय ‘स्वर कोकिला’ लता मंगेशकरको निधनपछि उनको बायोपिक बनाउन बलिउडका तीन प्रख्यात निर्देशकबीच प्रतिस्पर्धा सुरु भएको छ । लताको निधनपछि आनन्द एल राय, ओमप्रकाश मेहरा र सञ्जयलीला भन्सालीले बायोपिकमा चासो देखाएपछि उनीहरूले उनको बायोपिकको स्वामित्व आफ्नो बनाउन दौडधूप सुरु गरेका छन् ।
सञ्जय १० वर्षअघिदेखि लताको बायोपिक बनाउने सोचमा थिए । तर लताको परिवारले उनको बायोपिक बनाउन अनुमति दिने हो वा होइन, हालसम्म टुंगो लागेको छैन । लताको बायोपिक बनाउन निर्देशक सञ्जय बढी उत्सुक छन् । यद्यपि गायिकाको परिवार एसियाकै सफल गायिका लताको जीवनमा बायोपिक बनाउन तत्कालका लागि अनुमति नदिने पक्षमा छन् । लताको परिवार नै उनको बारेमा बायोपिक बनाउन चासो दिइरहेका छन् ।
यसअघि महाराष्ट्र सरकारले ‘भारत रत्न’ प्राप्त गायिकाको सम्झनामा मुम्बईमा एक म्युजिक एकेडेमी बनाउने घोषणा गरिसकेको छ । उसले एकेडेमीको अलावा मुम्बई युनिभर्सिटीको कलिना क्याम्पसमा एक संग्रहालय पनि बनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण