लता मंगेशकरको बायोपिक बनाउन निर्देशकबीच प्रतिस्पर्धा
भारतीय ‘स्वर कोकिला’ लता मंगेशकरको निधनपछि उनको बायोपिक बनाउन बलिउडका तीन प्रख्यात निर्देशकबीच प्रतिस्पर्धा सुरु भएको छ । लताको निधनपछि आनन्द एल राय, ओमप्रकाश मेहरा र सञ्जयलीला भन्सालीले बायोपिकमा चासो देखाएपछि उनीहरूले उनको बायोपिकको स्वामित्व आफ्नो बनाउन दौडधूप सुरु गरेका छन् ।
सञ्जय १० वर्षअघिदेखि लताको बायोपिक बनाउने सोचमा थिए । तर लताको परिवारले उनको बायोपिक बनाउन अनुमति दिने हो वा होइन, हालसम्म टुंगो लागेको छैन । लताको बायोपिक बनाउन निर्देशक सञ्जय बढी उत्सुक छन् । यद्यपि गायिकाको परिवार एसियाकै सफल गायिका लताको जीवनमा बायोपिक बनाउन तत्कालका लागि अनुमति नदिने पक्षमा छन् । लताको परिवार नै उनको बारेमा बायोपिक बनाउन चासो दिइरहेका छन् ।
यसअघि महाराष्ट्र सरकारले ‘भारत रत्न’ प्राप्त गायिकाको सम्झनामा मुम्बईमा एक म्युजिक एकेडेमी बनाउने घोषणा गरिसकेको छ । उसले एकेडेमीको अलावा मुम्बई युनिभर्सिटीको कलिना क्याम्पसमा एक संग्रहालय पनि बनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
ज्येष्ठ नागरिकको घरमा नै नियमित स्वास्थ्य परीक्षण गरिने
-
जल यातायात सुरु गर्ने घोषणा
-
सरकारी र निजी सबै प्रतिष्ठानहरूले अब अनिवार्य श्रम अडिट गर्नुपर्ने
-
वैदेशिक रोजगारसम्बन्धी कानुन परिमार्जन गरिने
-
लागुऔषध दुर्व्यसनको रोकथाम गर्न प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिँदै