जाल्पा लघुवित्तको आईपीओ आज बाँडफाँड हुने, कतिले पाउँदैछन् ?
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुँदैछ । गत माघ २१ गतेदेखि २५ गतेसम्म कुल ५ लाख २२ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको कम्पनीले आइतबार उक्त सेयर बाँडफाँड गर्ने भएको हो ।
आज साँझ ५ बजे टाइम स्क्वायर रेष्टुरेन्टमा आईपीओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । आईपीओको प्रि–अलोटमेन्ट भने गत शुक्रबार नै सम्पन्न भइसकेको छ ।
कुल ५ लाख २२ हजार कित्ताका लागि आह्वान गरिएको आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । जुन कुल मागको ६६.६५ गुणा बढी आवेदन हो ।
कम्पनीले माघ २१ गतेबाट २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।
यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो भने बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो । जुन हिसाब बढीमा ४ लाख ८ हजार ७९० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको सेयर हात पार्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण