जाल्पा लघुवित्तको आईपीओ आज बाँडफाँड हुने, कतिले पाउँदैछन् ?
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बाँडफाँड हुँदैछ । गत माघ २१ गतेदेखि २५ गतेसम्म कुल ५ लाख २२ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको कम्पनीले आइतबार उक्त सेयर बाँडफाँड गर्ने भएको हो ।
आज साँझ ५ बजे टाइम स्क्वायर रेष्टुरेन्टमा आईपीओ बाँडफाँड गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ । आईपीओको प्रि–अलोटमेन्ट भने गत शुक्रबार नै सम्पन्न भइसकेको छ ।
कुल ५ लाख २२ हजार कित्ताका लागि आह्वान गरिएको आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । जुन कुल मागको ६६.६५ गुणा बढी आवेदन हो ।
कम्पनीले माघ २१ गतेबाट २५ गतेसम्म ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।
यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो भने बाँकी ४ लाख ८७ हजार ९०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो । जुन हिसाब बढीमा ४ लाख ८ हजार ७९० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको सेयर हात पार्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय सङ्गीतकर्मी सङ्घको अध्यक्षमा कटवाल
-
विकल पौडेललाई १० दिन थुनामा राख्न विशेष अदालतको अनुमति
-
बजार महँगी घट्यो, हिमाली क्षेत्रको मुद्रास्फीति ४.३२ प्रतिशत !
-
उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक
-
९ महिनामा १० खर्ब ८२ अर्ब रेमिट्यान्स भित्रियो
-
रावायणमा भित्रिए भारतीय प्रख्यात गायक गायिकाहरु