काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केही बेरअघि बैठक सुरु भएको कार्यालयका सचिव एवं सूचना अधिकारी केशव रिजालले जानकारी दिए । गत बिहीबारदेखि सुरु भएको बैठकमा अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन छिट्टै गराउने सम्बन्धमा छलफल भइरहेको छ ।
सूचना अधिकारी रिजालका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले धारणा राखिसकेका छन् । उनले भने, ‘बैठकमा सदस्यहरूले धारणा राखि सक्नु भयो अब पदाधिकारीले मात्रै बोल्न बाँकी छ ।’ पदाधिकारीले बोल्ने क्रम सकेर आजै बैठक सक्ने काँग्रेसको तयारी छ । बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावका सम्बन्धमा पनि छलफल गर्ने जनाइएको छ । साथै बैठकको एजेन्डा बाहिर रहेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) समर्थन गर्ने संस्थागत धारणा पनि सार्वजनिक गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुशील विश्वकर्माले एकसाथ ल्याए पछ्यौरीको छेउ र भुतुक्क
-
दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै (तस्बिरहरू)
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै