२७ वर्षदेखि प्रहरी कार्यालयमा राखिएको मूर्ति पुरातत्त्व विभागलाई हस्तान्तरण
महानगरीय प्रहरी परिसर भक्तपुरमा २७ वर्षदेखि राखिएका मूर्तिहरू पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको छ । सोमबार परिसरमा आयोजित एक कार्यक्रमकाबीच भक्तपुर प्रहरी प्रमुख शिव कुमार श्रेष्ठले विभागकी पुरातत्त्व अधिकृत सबिता न्यौपानेलाई २४ थान मूर्ति हस्तान्तरण गरेका हुन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरले विभिन्न समयमा, विभिन्न ठाउँबाट बरामद गरेका माटो, ढुङ्गा, ढलोट, काठले बनेका मूर्ति पुरातत्त्व विभागलाई हस्तान्तरण गरिएको हो । वि.स २०५१ साल साउन ३० गते भक्तपुर नगरपालिका वडा नम्बर १३ बाट चोरी भएको ढलोटबाट बनेको सिंहको आकार जस्तो देखिने मूर्ति, २०५४ साल मङ्सिर २३ गते दुवाकोट गाविसमा बेवारिसे अवस्थामा फेला परेको लक्ष्मी र नारायणको मूर्ति रहेको छ ।

त्यसैगरि अन्य मूर्तिमा मध्यपुरथिमी, बागेश्वरी, भक्तपुर नगरपालिका डेकोचाबाट फेला पारेका मूर्तिलगायत जिल्लाका विभिन्न स्थानमा फेला परेका २४ थान मूर्ति रहेको परिसरका एसपी श्रेष्ठले जानकारी दिए । विभागकी पुरातत्त्व अधिकृत न्यौपानेले प्राप्त मूर्तिलाई छाउनीमा स्थिति सङ्ग्रहालयमा सुरक्षित गरी राखिने बताइन् ।
कुनै स्थानका स्थानीयहरूले आफ्नो ठाउँबाट मूर्ति हराएको प्रमाणसहित आएमा फिर्ता गरिने समेत न्यौपानेको भनाई रहेको छ । प्रहरीका उपत्यकामा रहेका काठमाडौँ र ललितपुर परिसरले पनि कार्यालय फेला पारेका मूर्तिहरू यसरी नै विभागलाई बुझाउने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
-
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएन : अध्यक्ष विश्वकर्मा
-
३ देश, ४८ टोली र नयाँ नियमसहित इतिहासकै सबैभन्दा ठुलो फुटबल महोत्सव
-
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण