सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव
सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा सुरु गर्नुपर्नेमा जोड दिएका छन्।
महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २० दिन मात्रै पढाइ गरेर परीक्षा लिँदा पढाइमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढाएर वैशाखमा परीक्षा लिने र जेठमा मात्र नयाँ शैक्षिक सत्र सुरु गर्नु उपयुक्त हुने बताए। उनले भने- 'फागुनदेखि शैक्षिक सत्र सुरु भएका कर्णालीमा त अहिलेसम्म दोस्रो त्रैमासिक परीक्षा हुन सकेको छैन भने कसरी वैशाखमै नयाँ शैक्षिक सत्र हुनसक्छ ?'
गत वर्षको शैक्षिक सत्र असारमा सुरु भएको जिकिर गर्दै उनले २०८० सालदेखि मात्रै वैशाखमै सुरु गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे । उनका अनुसार १ सय ८० दिन अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था उल्लङ्घन गर्दै भौतिक रूपमा करिब ९० दिन मात्रै पढाइ भएको अवस्थामा परीक्षा लिनु कानुनी अपराध ठहरिन्छ। उनले विद्यालय खुलिसकेको अवस्थामा चेतसम्म पढाइ गर्ने र वैशाखमा परीक्षा दिएर भर्नाको तयारी गरी जेठबाट शैक्षिक सत्र सुरु गर्नु उपयुक्त हुने बताए । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण