गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा आन्तरिक परामर्शमा

सत्ता गठबन्धनका शीर्ष नेतासँगको छलफल लगत्तै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नै पार्टीका केही मन्त्री र काँग्रेसकै नेताहरुसँग आन्तरिक परामर्शमा जुटेका छन् । शुक्रबार बिहान सत्ता गठबन्धनका नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र उपेन्द्र यादवसँग एमसीसीबारे छलफल गरेका प्रधानमन्त्री देउवाले त्यसलगत्तै गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कानुन मन्त्री दिलेन्द्र बडुलाई बालुवाटार बोलाएर परामर्श थालेका हुन् । देउवासँगको परामर्शमा काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल पनि सहभागी छन् ।
शीर्ष नेताको छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी स्थायी समितिमार्फत एमसीसीबारे ठोस निर्णय गर्ने र पार्टीको बैठक फागुन सातमा बोलाएकाले एमसीसी टेवल गर्न केही दिन रोक्न आग्रह गरेका थिए । नेता नेपालको आग्रहमा प्रधानमन्त्री देउवा सकारात्मक भएपछि पुनः गठबन्धनको बैठक फागुन ८ मा राख्न राजी भएका थिए ।
‘माधव नेपालको आग्रहअनुसार अर्को बैठक फागुन ८ मा राखिएको छ । त्यसका लागि एक हिसाबको अन्डरस्ट्याण्डिङ बिहीबारै भैसकेको थियो’, वालुवाटार स्रोतले भन्यो, ‘एमसीसीमा माधव नेपाल पोजेटिभ हुनुहुन्छ र उहाँले पक्षमा मतदान गर्छौ भनेर भन्नुभएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, नयाँ मूल्य कति ?
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह