मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा

मङ्गलबार, १६ असार २०८३, ०४ : २३
मङ्गलबार, १६ असार २०८३

सारांश

  • जारी फिफा विश्वकप २०२६ मा जर्मनी र पाराग्वेबीचको खेल पहिलो पटक अतिरिक्त समयमा पुगेको छ।
  • निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि 'राउन्ड अफ ३२' को यो खेल थप ३० मिनेटको लागि धकेलिएको छ।
  • खेलको पहिलो हाफमा पाराग्वेले अग्रता लिए पनि जर्मनीले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो।

काठमाडौँ । जारी फिफा विश्वकप २०२६ मा पहिलो पटक खेल थप (अतिरिक्त) समयमा धकेलिएको छ। ‘राउन्ड अफ ३२’ अन्तर्गत मंगलबार बिहान भएको जर्मनी र पाराग्वेबीचको अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक भिडन्त निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको हो ।

अमेरिकाको फक्सबरो रंगशालामा जारी यस विश्वकपको नकआउट चरणको यो खेल निर्धारित समयमा टुङ्गो लाग्न नसकी थप ३० मिनेटको समयमा जाने पहिलो खेल बनेको छ ।

खेलको पहिलो हाफमा पाराग्वेले सुरुवाती अग्रता लिएको थियो। खेलको ४२औँ मिनेटमा माटियास गालार्जाको उत्कृष्ट पासमा स्ट्राइकर जुलियो एन्सिसोले गोल गर्दै पाराग्वेलाई १–० को सुरुवाती अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा उत्कृष्ट रणनीतिका साथ मैदान उत्रिएको जर्मनीका लागि ५४औँ मिनेटमा फ्लोरियन विर्ट्जको पासमा काई हाभर्ट्जले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए। जारी विश्वकपमा हाभर्ट्जको यो दोस्रो व्यक्तिगत गोल हो ।

अब थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा दुवै टोली गोल गर्दै विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गर्ने प्रयासमा मैदानमा भिड्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप