उदयपुरबाट ४ सय किलो गाँजासहित ३ जना पक्राउ
शुक्रबार, ०६ फागुन २०७८, १८ : २४
उदयपुरको बेलका नगरपालिका–८ स्थित सिरुवानीबाट प्रहरीले ४ सय किलो गाँजा बरामद गरेको छ । सो गाँजा ओसारपसार गर्ने ३ जनालाई पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा बेलका नगरपालिका–८ बस्ने २७ वर्षीय गोकुल राई, बेलका–७ बस्ने २९ वर्षीय मनोज राई र सुनसरीको बराहक्षेत्र घर भएका २३ वर्षीय मनिष धामी छन् । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले को १ ज २७६१ नम्बरको महेन्द्र पिकअपबाट सो गाँजा बरामद गरेको थियो ।
पक्राउ परेका गोकुल राई पिकअपका साहु र चालक पनि हुन् । आरोपीहरुको साथबाट प्रहरीले ६३ हजार नगद पनि बरामद गरेको छ । उनीहरुविरुद्ध लागु औषध नियन्त्रण ऐन–२०३३ अनुसार जिल्ला अदालतबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको एसपी बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण