बन्धक बनाएर रातभर बलात्कार
बन्धक बनाएर एक विवाहित महिला बलात्कृत भएकी छन्। मेलौली नगरपालिकाकी ३० वर्षीया महिला बलात्कारको शिकार भएकी हुन्। महिला बलात्कृत भएपछि पीडित पक्षले मेलौली–१ का २६ वर्षीय करनसिंह नेगीको नाममा किटानी जाहेरी दिएको छ।
आरोपित ती व्यक्ति फरार रहेको र खोजी कार्य भइरकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। ‘अदालतले पक्राउ पुर्जी जारी गरेको छ, जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ, ती व्यक्तिको खोजीका साथै थप अुनसन्धानमै छौं।’ –उनले भने। गत माघ २४ गते मेलौल नगरपालिकाको केन्द्रमा रहेको एनसीसी बैंकबाट अपांगता भएकी चार वर्षीया छोरीको बालपोषण भत्ता लिएर घर फर्किने क्रममा उनीमाथि मेलौली नगरपालिका–१ को द्वारशैनीमा बलात्कार भएको आफन्तले बताएका छन्।
सुस्त मनस्थिति भएकी ती महिलालाई घर फर्किने क्रममा साँझ पाँच बजे एक्लै हिँडिरहेका बेला मदिरा सेवन गरेका नेगीले जबरजस्ती गोठमा लगेर रातभर बलात्कार गरेको पीडित पक्षले बताएका छन्। पीडित महिलाको छाती, गाला र शरीरका विभिन्न भागमा घाउ भएका छन्। पीडित महिलाका १ छोरा र १ बोल्न तथा हिँडडुल गर्न नसक्ने अपांगता भएकी छोरी छिन्। श्रीमान् पनि घरमै रहेका बताइएको छ। आरोपित नेगी पनि विवाहित हुन्। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण