शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र उत्थान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

आइतबार, ०८ फागुन २०७८, १२ : ३५
आइतबार, ०८ फागुन २०७८

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) को निष्काशन आज बन्द हुँदैछ । कम्पनीले माघ ४ गतेदेखि कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्ताका लागि कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

प्रतिसेयर एकसय रुपैयाँ अंकित ८ लाख ५० हजार कित्ता सेयरमध्ये १३ हजार कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ४२ हजार ५०० कित्ता (कुल निष्काशनको ५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।

फागुन ४ गते निष्काशित सेयर आज आइतबार अर्थात् फागुन ८ गते बन्द हुँदैछ । इच्छुक लगानीकर्ताहरुले आज बेलुका ५ बजेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप