राष्ट्र उत्थान लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?
आइतबार, ०८ फागुन २०७८, १२ : ३५
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) को निष्काशन आज बन्द हुँदैछ । कम्पनीले माघ ४ गतेदेखि कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारण लगानीकर्ताका लागि कुल ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५९ हजार कित्ता सेयर निष्काशन गरेको थियो ।
प्रतिसेयर एकसय रुपैयाँ अंकित ८ लाख ५० हजार कित्ता सेयरमध्ये १३ हजार कित्ता शेयर (जारी पूँजीको ०.५ प्रतिशत) कर्मचारीहरुलाई र ४२ हजार ५०० कित्ता (कुल निष्काशनको ५ प्रतिशत) सामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको थियो ।
फागुन ४ गते निष्काशित सेयर आज आइतबार अर्थात् फागुन ८ गते बन्द हुँदैछ । इच्छुक लगानीकर्ताहरुले आज बेलुका ५ बजेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण