क्यासिनो सञ्चालकले धमाधम बक्यौता बुझाउन थाले
सोमबार, ०९ फागुन २०७८, ०६ : १०
धेरैपटक गरेको ताकेता तथा केही क्यासिनो सञ्चालक माथि भएको जरिमानासहितको कारबाहीबाट सरकारले अहिलेसम्म झन्डै साढे ७६ करोड रुपैयाँ बक्यौता रोयल्टी उठाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँगै अहिले क्यासिनो सञ्चालकले धमाधम बक्यौता रोयल्टी बुझाउन थालेका छन् ।
पर्यटन विभागका अनुसार हालसम्म विभिन्न बहाना बनाएर अटेर गरी बसेका १७ वटा क्यासिनो कम्पनीले आफूले तिर्न बाँकी रोयल्टी बुझाएका हुन् । अझै १ अर्ब ११ करोड उड्न बाँकी रहेको राजधानी दैनिकमा खबर छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण