नुवाकोटमा हजार कैदीबन्दी राखिने
नुवाकोटको विदुर नगरपालिका–६, खम्बा क्याम्पस्थित केन्द्रीय कारागारको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । फागुन मसान्तसम्ममा एक हजार कैदीबन्दी कारागारमा राख्ने तयारीअनुरूप प्राविधिक तथा सुरक्षा व्यवस्थासम्बन्धी कार्य तीव्र गतिमा भइरहेको छ ।
जिल्ला कारागार नुवाकोटका प्रमुख गङ्गालाल योगीले भौतिक पूर्वाधार निर्माणतर्फ ९५ प्रतिशत काम सम्पन्न भई सुरक्षा व्यवस्था तथा प्राविधिक सुधारका कार्य चरणबद्ध रूपमा भइरहेको बताउँदै भने, “फागुन मसान्तसम्ममा एउटा युनिटको दुई ब्लकमा पाँच÷पाँच सय कैदी राख्ने गरी निर्माण कार्य भइरहेको छ ।” करिब ५४० रोपनी क्षेत्रफलमा फैलिएको कारागार चरणबद्ध रूपमा सञ्चालनमा आउने छ । सीसी क्यामेरा, तारबार, कर्मचारी आवासगृह, सुरक्षा, भेटघाट कक्ष, कानुनी परामर्श कक्ष आदि निर्माण हुँदैछ । उनका अनुसार पहिलो चरणमा सुन्धारास्थित जगन्नाथ देवल र डिल्लीबजार सदरखोर कारागारबाट एक हजार कैदीबन्दीलाई नुवाकोट ल्याउने तयारी छ तर पूर्ण सञ्चालनमा आउन कम्तीमा तीन महिना लाग्ने अनुमान गरिएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण