एमसीसीका कारण काँग्रेसले सार्यो १० जिल्लाको अधिवेशन
बुधबार, ११ फागुन २०७८, २१ : ०९
नेपाली काँग्रेसको १० वटा जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ। काँग्रेसले बुधबार एक सूचना जारी फागुन १५ गतेका लागि निर्धारित १० वटा जिल्लाको अधिवेशन स्थगित गरेको हो। निर्वाचन समितिका अनुसार सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको अधिवेशन २० गतेका लागि सरेको हो।
यस्तै महोत्तरी, रौतहट, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक र कैलालीको अधिवेशन भने तोकिएको मिति फागुन १५ गते नै हुने समितिले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको काँग्रेसले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण