एमसीसीका कारण काँग्रेसले सार्यो १० जिल्लाको अधिवेशन
बुधबार, ११ फागुन २०७८, २१ : ०९
नेपाली काँग्रेसको १० वटा जिल्लाको अधिवेशन फेरि स्थगित भएको छ। काँग्रेसले बुधबार एक सूचना जारी फागुन १५ गतेका लागि निर्धारित १० वटा जिल्लाको अधिवेशन स्थगित गरेको हो। निर्वाचन समितिका अनुसार सप्तरी, सिरहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, नवलपुर, बाँके र अछामको अधिवेशन २० गतेका लागि सरेको हो।
यस्तै महोत्तरी, रौतहट, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक र कैलालीको अधिवेशन भने तोकिएको मिति फागुन १५ गते नै हुने समितिले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको काँग्रेसले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आइसीयू’ र ‘सीसीयू’ कक्षमा विद्युत सेवा अवरुद्ध, मोबाइलबाट ‘लाइट’ बालेर उपचार
-
पाकिस्तानसँगको द्वन्द्वमा लडाकु विमानहरू खसालिएको प्रश्नमा भारतीय जनरलले के भने ?
-
फ्रान्सेली टोलीलाई नारच्याङमा भव्य स्वागत
-
‘जेठो हिमाल’ अन्नपूर्ण आरोहणको हीरक महोत्सव मनाईँदै
-
लगातार चौथो वर्ष रियल मड्रिड विश्वकै सबैभन्दा मूल्यवान् फुटबल क्लब
-
जुत्ता गन्हाएर वाक्क हुनुहुन्छ ? अपनाउनुहोस् यी उपाय