कैलालीमा बन्दुकसहित तीन पक्राउ
बिहीबार, १२ फागुन २०७८, १४ : १५
सशस्त्र प्रहरीले आज बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणमातहतको बिओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका–५ छोटीपलियाबाट कैलारी–३ का लौटन चौधरी, सोही ठाउँका नीरेन्द्र चौधरी र सन्तराम चौधरीलाई एक थान दुईनाले बाह्रबोरको बन्दुकसहित पक्राउ गरेको प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए ।
गुडिरहेको से २ प ८९२ नं को बजाजको डिस्कोभर मोटरसाइकल रोकी जाँच गर्दा इजाजत नभएको एक थान बन्दुकसहित पाँच थान बन्दुकमा प्रयोग हुने टोटा÷कार्टिज, तीन थान मोबाइल र उक्त मोटरसाइकल बरामद गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण