सहज जितसंगै बार्सिलोना अन्तिम १६ मा
इटालीयन नेपोलीलाई दोस्रो लेगमा ४-२ अन्तरले पराजित गर्दै बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । नेपोलेको घरेलु मैदानमा सहज जित निकालेको क्याटलान क्लब बार्सिलोना समग्रमा ५(३ ले विजयी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
बार्सिलोनाको जितमा जोर्डी अल्वा, फ्रान्की डि जोङ, जेरार्ड पिके र पिएरे इमरिक औवामियाङले गोल गरे । नेपोलीका लोरेन्जो इन्सिग्ने र माथेओ पोलिटानो ले सान्त्वना गोल गरे ।
खेलको आठौं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । १३औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । २३औं मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टीमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
४५औं मिनेटमा जेरार्ड पिकेले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–१ को अग्रता बनायो । ५९औं मिनेटमा पिएरे इमरिक औवामियाङले चौथो गोल गरे । उनको पछिल्लो दुई खेलमा ४ गोल गरिसकेका छन् । ८७औं मिनेटमा माटियो पोलिटानोले गोलपनि टोलीको हार टार्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण