ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष कुँवरलाई अन्तर्राष्ट्रिय सम्मान
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष इन्जिनीयर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित भएका छन् । फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन इन्टरनेशनल युनिभर्सिटीले व्यवस्थापक एवं उद्यमी इञ्जिनीयर कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व गरेको भन्दै शुक्रबार साँझ थाइल्याण्डको ब्याङ्ककमा आयोजित एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा प्रसंशनीय कार्य गरेबापत इञ्जिनीयर कुँवरलाई सम्मान गरिएको सो युर्निभर्सिटीले जनाएको छ । नेपाल घरजग्गा व्यवसायी महासङ्घको द्वितीय उपाध्यक्षसमेत रहेका इञ्जिनीयर कुँवरले गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरेर आफ्नो व्यावसायिक क्षेत्रमा कुशलता निर्वाह गरेका छन् । कुँवरले गोँगबुको नयाँबसपार्कलाई अन्तर्राष्ट्रियस्तरको बनाउनका लागि लोत्से बहुउद्देश्यीय प्रालिको अध्यक्षसमेत भएर काम गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
-
क्रियाशील दलित पत्रकार सङ्घमा नयाँ नेतृत्व
-
इरानले फेरि बन्द गर्यो होर्मुज स्ट्रेट
-
ठाउँठाउँमा भारी वर्षा, तराईमा तापक्रम ४० डिग्री
-
आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
-
विप्लव नेतृत्वको पार्टीका १२ जना केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण