आइएमईको साङ्गीतिक दूतमा गायक सपुत नियुक्त
सारांश
- आइएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतलाई आफ्नो साङ्गीतिक दूत (एम्बेसेडर) नियुक्त गरेको छ।
- रेमिट्यान्स सेवालाई प्रभावकारी बनाउन र ग्राहक सम्बन्ध सुदृढ गर्न सपुतलाई आबद्ध गरिएको हो।
- सपुतले आफ्ना गीतहरू मार्फत विश्व श्रम बजारमा रहेका नेपालीहरूको भावनालाई समेट्दै आएका छन्।
काठमाडौँ । आइएमई लिमिटेडको साङ्गीतिक दूतमा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन्। आइएमई लिमिटेडले एक कार्यक्रमका बिच सपुतलाई आफ्नो साङ्गीतिक एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले सपुतलाई आबद्ध गरिएको कम्पनीले जनाएको छ। आफ्ना मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत नेपाली समाजमा निकै लोकप्रिय छन्। गाउँदेखि सहरसम्म र दूरदराजदेखि विदेशमा रहेका नेपालीहरूमाझ उनका गीतहरू उत्तिकै रुचाइएका छन्।
रोजगारीका लागि विश्व श्रम बजारमा पुगेका आम नेपालीहरूको भावनालाई प्रकाश सपुतले आफ्ना गीत सङ्गीत मार्फत बोल्दै आएका छन्। देशको अर्थतन्त्र र समाजलाई समृद्ध बनाउन रेमिट्यान्सले खेलेको भूमिकालाई आम मानिससम्म बुझाउन सपुतको आगमनले थप मद्दत पुग्ने आइएमईको विश्वास छ।
सम्झौता कार्यक्रममा बोल्दै आइएमई लिमिटेडका महाप्रबन्धक बद्री कटवालले भने, ‘उहाँका सिर्जनाले समाजको यथार्थ बोल्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले हाम्रो अभियानमा एउटा छुट्टै आफ्नोपन थप्नेछ।’ साथै, उनले स्वदेश र विदेशको दूरीलाई कम गर्न सङ्गीत सबैभन्दा बलियो माध्यम भएको र यसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथिको काम गर्ने उल्लेख गरे।
त्यस्तै, गायक प्रकाश सपुतले आइएमई जस्तो प्रतिष्ठित संस्थासँग जोडिन पाउँदा आफू निकै उत्साहित भएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण