कोरोना खोपलाई सबैको पहुँचमा पुर्याउन परराष्ट्रमन्त्री खड्काको आव्हान
परराष्ट्रमन्त्री डा.नारायण खड्काले कोरोना महामारी विश्वव्यापी साझा समस्या भएको जनाउँदै खोपलाई सबैको पहुँचमा र सस्तो बनाउन विश्व समुदायलाई आव्हान गरेका छन् ।
विश्वव्यापी खोपको लागि ग्याल्भेनाइजिंग मोमेन्टमको उच्च–स्तरीय कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै उनले महामारीको रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो आधार भएको बताए । खोपलाई सबैको पहुँचमा पुर्याउन यसको प्रवद्र्धनमा ध्यान दिनुपर्ने उनले जनाए ।
परराष्ट्रमन्त्री खड्काले विशेष गरी गरिब देशहरूमा कोरोना महामारीले ठूलो आर्थिक क्षति गरेकोतर्फ ध्यानाकर्षण गरेका थिए । गरिब देशहरुको आर्थिक उन्नतीको लागि धनी देशहरुले सघाउनु पर्नेमा उनले जोड दिएका थिए । ‘हामीले यसै वर्षको अप्रिलसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाउने लक्ष्य राखेका छौँ,’ उनले नेपालको खोप अभियानका बारेमा जानकारी दिए ।
कार्यक्रममा उनले नेपाललाई खोप उपलब्ध गराउने छिमेकी र अन्य मित्र राष्ट्रहरू, विकास साझेदारहरूप्रति आभार प्रकट गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण