राप्रपाको पाँच प्रदेशमा विस्तारित बैठक सम्पन्न
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाँच प्रदेशमा प्रदेशस्तरीय विस्तारित बैठक सम्पन्न गरेको छ ।
गत मंसिरमा एकता अधिवेशन सम्पन्न गरेपछि पार्टीले संगठन विस्तारका क्रममा मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हालै बैठक सम्पन्न गरेको महामन्त्री भुवन पाठकले जानकारी दिए । यही फागुन महिनाभित्र प्रदेश नं १ र बागमती प्रदेशमा बैठक सम्पन्न गर्ने कार्य तालिका छ ।
बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा कसरी पार्टीलाई सफल बनाउने, देशभर संगठन विस्तार गरी नेता तथा कार्यकर्तालाई जनताको सेवामा क्रियाशील बनाउनेलगायत विषयमा प्रशिक्षण समेत दिइएको छ । देशैभर रहेका जिल्ला कार्यसमितिमार्फत स्थानीय तहको निर्वाचनका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । ती समितिले आसन्न चुनावमा उम्मेदवारको छनोटका लागि कार्यविधि निर्माणका साथै स्थानीय नेताले संगठनको विकासमा पु¥याएको योगदानको अभिलेख तयार गरिरहेको छ ।
समितिले नेताको सक्रियताका साथै जनतामा लोकप्रियता भएको आधारमा केन्द्रमा उम्मेदवार सिफारिस गर्ने छ । त्यसैका आधारमा चुनावमा उम्मेदवार छनोट गरिने छ । पार्टीले संगठन सुदृढीकरणका लागि वडा, नगर, क्षेत्रीय तहका विभिन्न राजनीतिक कार्यक्रम सञ्चालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण