'भद्र सहमति' पछि काँग्रेस मकवानपुरको सभापति बने बुद्ध लामा
नेपाली काँग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् । सोमबार भएको काँग्रेस मकवानपुरको निर्वाचनको मतपरिणाम अनिर्णित भएकामा अन्तिम समयमा उनी सर्वसम्मत रुपमै सभापति चयन भएका हुन् ।
निर्वाचनअघि केन्द्रीय सह–महामन्त्री डीना र बागमती प्रदेश सभापति बानियाँलगायत शीर्ष नेताहरुसमेतको उपस्थितिमा बसेको बैठकमा संस्थापन पक्षका उम्मेदवारद्वय लामा र आनन्दराम पराजुलीबीच पहिलो चरणको निर्वाचनको परिणाम अनुसार दोस्रो चरणमा एकअर्कालाई सहयोग गर्ने सहमति भएको थियो । पहिलो चरण निर्वाचनको मतपरिणाम अनुसार जसको मत बढी आउँछ उसैलाई सभापति स्वीकार गरेर अघि बढ्ने पनि सम्झौता भएको थियो । सोही सम्झौता अनुसार लामालाई सभापति छोडेको पराजुलीको बताए ।
स्रोतका अनुसार पराजुलीलेले हेटौंडा उपमहानगरपालिकामा मेयरको टिकट र बागमती प्रदेश समिति सदस्यमा मनोनित गर्ने 'भद्र सहमति' गरेर लामालाई सभापति पद छोडेका हुन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न मतदानमा सभापति पदमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसक्दा निर्वाचन दोस्रो चरणमा धकेलिएको थियो । निर्वाचन समितिले मंगलबार दिउँसो १ बजेबाट दोस्रो चरणको मतदानको कार्यक्रम तय गरेको भएपनि सहमतिबाट लामा सभापति चयन भएका हुन् ।
पहिलो चरणको निर्वाचनमा मतदानमा कुल १७७५ मत खसेकोमा संस्थापन पक्षका सभापतिमा उम्मेदवार बुद्ध लामाले सबै भन्दा बढी ५९५ मत प्राप्त गरेका थिए । लामाले प्राप्त गरेको मत ५१ प्रतिशत नपुग्दा सभापतिमा पुनः मतदान हुने भएको हो । सभापति पदका संस्थापन पक्षका अर्का उम्मेदवार पराजुली सोमबारको निर्वाचनमा ५४५ मत प्राप्त गर्दै दोस्रो भएका थिए ।
उक्त निर्वाचनमा संस्थापन इतर पक्षका उम्मेदवार जयराम लामिछानेले ५३१ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
