ऋर्चा र रेखाको एउटै स्वर : नारीको चरित्र हत्या नगरौँ
अभिनेता पल शाह प्रकरण पछिल्लो समय कलाक्षेत्रमा चर्चामा रहेको बिषय हो । सामान्य गसिफबाट सुरु भएको शाह प्रकरण अहिले कानुनी प्रक्रियामा पुगिसकेको छ । शाह प्रकरणका बिषयमा अधिकांश कलाकर्मी मौन जस्तै छन् । कलाकर्मीको मौनताको कारण यस बिषयमा बोल्दा कानुनी झन्झट परिने र विवाद झेल्नुपर्ने डर नै हो ।
सर्वसाधारणले भने यस बिषयमा सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी गरिरहेका छन् । त्यस्ता टिप्पणीमा धेरै महिलामाथि केन्द्रित हुन थालेपछि फिल्म क्षेत्रका अभिनेत्री ऋचा शर्मा, रेखा थापाले भने नारीको सम्मान गर्न र नावालिकाहरुको अधिकारको रक्षा गर्न आग्रह गरेका छन् । उनीहरुले सामाजिक संजाल मार्फत यस्तो आग्रह गरेका हुन् ।
अभिनेत्री रेखाले २० वर्षमुनिका छोरीहरू बालिका हुने भएकाले उनीहरुले सबैप्रकारका सुरक्षा र अभिभावकत्व पाउनुपर्ने बताएकी छन् । ‘२० बर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनत ः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन्’ रेखाले भनिन् ‘समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो । को सँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? । नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन ।’ हाम्रो समाजमा रहेको कतै नभएको नैतिक मापदण्ड र हिलो छ्याप्ने प्रबृति लज्जाजनक भएको उनको धारणा रहेको छ ।
त्यस्तै अभिनेत्री ऋचा मुलुकी अपराध संहितामा उल्लेख १८ बर्ष मुनिकासँग यौन सम्बन्ध राख्न बलात्कार भएको बताउँछिन् । कानुननमा कसले के र कुन अवस्था भनेर उल्लेख नगरेको कारण नाबालिकाको संरक्षणको जिम्बा राज्यको भएको उनको धारणा छ ।
‘राज्य भनेको हामी पनि त होइनौ नि, होइन र ?’ ऋर्चाले अगाडि थप्छिन् ‘१८ बर्ष मुनिकाको सहमतीमै यौन सम्बन्ध भएपनि बलात्कार कठहरिनुको कानूनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै ।’ नाबालिगसँगको यौन सम्बन्ध बलात्कार भएकोले त्यस्तोलाई कानूनले छुट नदिने ऋर्चाको धारणा रहेको छ ।‘एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबिालिगको संरक्षण, कानुनको सम्मान हो’ उनले भनिन् ।
जथाभाबी प्रचार नगर्नुस् : मोहना
यस बिषयमा सामाजिक संजालमा भइरहेको बिभिन्न टिप्पणी बन्द गर्नुपर्ने सबै जिम्बेवारी कानुनलाई छोड्नु पर्ने धारणा मानवअधिकारकर्मी मोहना अन्सारीको रहेको छ । उनी नाबालिगलाई ललाई फकाई, ग्ल्यामरको संसारमा पुर्याएर बलात्कार गर्ने, त्यसको विरुद्धमा आवाज उठ्दा पक्ष बिपक्षमा उभिने प्रबृतिको बिरोध गर्दछिन् ।
‘के मेरो देशमा कानुन, प्रहरी र न्यायालय छैन ? पल शाहले गल्ती गरेको भए जुनसुकै हालतमा पनि कारबाही हुनुपर्छ’ उनले भनिन् ‘कानुनको दृष्टिमा सबै समान छन् । कानुन भन्दा माथी कोही छैन । चाँहे ति पल शाह किन नै नहुन् ।’ कलाक्षेत्रमा हुने यस्ता घटना बिगतमा पनि पक्ष विपक्षको बहसबाट त्यसै हराउने गरेको तर्फ समेत सचेत रहन उनले सुझाएकी छन् । उनी अगाडि लेख्छिन् ‘कानूनको विषयमा छलफल गर्न सबैलाई छुट छ । तर कानून उल्लंघनको र अपराधीक घट्ना बारे अनर्गल प्रचार एवं पक्षधरता लिन कसैलाई पनि छुट छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण