आज तेस्रो भरतमोहन स्मृति दिवस
वरिष्ठ वामपन्थी नेता तथा तत्कालीन उपप्रधान एवं अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको तेस्रो स्मृति सभा आज हुँदैछ । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले विराटनगरमा गर्न लागेको सभाको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल छन् । अधिकारीको ८२ वर्षको उमेरमा ०७५ साल फागुन १८ गते निधन भएको थियो ।
एमालेको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री अधिकारी उक्त सरकारका कतिपय जनमुखी कार्यक्रमका कारण लोकप्रिय छन् । अधिकारीले नै वृद्धवृद्धा र एकल महिलालाई सामाजिक सुरक्षा कार्यक्रममार्फत मासिक भत्ता दिने कार्यक्रम थालेका थिए । ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रममार्फत अधिकारीले पहिलोपटक स्थानीय तहमा विकास बजेट पठाउने कामको पनि प्रारम्भ गरे । सहकारीमार्फत आर्थिक कारोबारमा जनताको पहुँच वृद्धिका लागि उनले ‘गाउँगाउँमा सहकारी, घरघरमा भकारी’ कार्यक्रम अघि सारेका थिए । स्मृतिसभामा सामाजिक जीवनका विविध क्षेत्रमा उदाहरणीय काम गरेर ख्याति कमाएका प्रदेश–१ का सात ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ ।
यता प्रतिष्ठानले विराटनगरमा पनि अशिक्षित ज्येष्ठ नागरिकका लागि शिक्षा कार्यक्रम सुरु गर्ने भएको छ । स्मृति दिवसको अवसर पारेर उक्त कार्यक्रम घोषणा गर्न लागिएको अधिकारी पुत्री एवं प्रतिष्ठानकी सदस्य लीमा अधिकारीले जानकारी दिइन् । उनका अनुसार विभिन्न कारणले उमेर छँदा औपचारिक शिक्षाबाट वञ्चित ४० वृद्धवृद्धालाई शिक्षा प्रदान गरिनेछ । कार्यक्रमको नाम ‘आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रम’ दिइएको छ ।
प्रतिष्ठानले यसअघि ललितपुरको बुङ्मतिमा यस्तै प्रकृतिको ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रममा ४० ज्येष्ठ नागरिक सहभागी छन् । मुलुकका सातवटै प्रदेशमा अभियान विस्तार गर्ने लक्ष्य प्रतिष्ठानको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण