भन्सार छली ल्याएका मोबाइल, घडीसहित एकजना पक्राउ
बुधबार, १८ फागुन २०७८, २० : १३
भन्सार छली अवैधरुपमा ल्याएका मोबाइल, घडीसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । उनलाई बुधबार रौतहटबाट पक्राउ गरिएको प्रहरीले जनाएको हो । पक्राउ पर्नेमा भारत घर भएका २८ वर्षीय महम्द हसन रहेका छन् ।
भन्सार छली ल्याउँदै गरेको अवस्थामा एक लाख बराबरका चार मोबाइल र १४ वटा घडीसहित उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण