शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

‘मिस टिन युनिभर्स’मा नेपालको प्रतिनिधि श्रीयङ्का

बिहीबार, १९ फागुन २०७८, १३ : ५७
बिहीबार, १९ फागुन २०७८

दुबईमा आयोजना हुने ‘मिस टिन युनिभर्स २०२२’ मा नेपालको प्रतिनिधित्व श्रीयङ्का थापाले गर्ने भएकी छन् । अभ्यानी प्रोडक्सनद्धारा आयोजित मिस नेपाल टिन अन्तर्गतको ‘मिस टिन युनिभर्स २०२१’ को ताज जितेसँगै श्रीयङ्काले ‘मिस टिन युनिभर्स २०२२’ मा सहभागीको अवसर प्राप्त गरेकी हुन् । 

२ देखि ७ मार्चसम्म आयोजना हुने ‘मिस टिन युनिभर्स’ मा नेपालसहित विभिन्न २५ राष्ट्रका सुन्दरीहरुको सहभागिता रहनेछ । मिस टिन युनिभर्समा यो नेपालको पहिलो सहभागिता रहेको प्रतियोगिताका नेपाल निर्देशक अभिविन्द खनियाले बताए ।

प्रतियोगितामा श्रीयङ्का नेपाली कला संस्कृतिसहित सहभागी हुन लागेकी हुन् । प्रतियोगिताका लागि आफुले तयारी पुरा गरिसकेको उनले बताइन् । ‘मेरा लागि यो देश चिनाउने ठुलो मौका हो’ उनले भनिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप