स्वतन्त्र मुलुकमाथिको आक्रमण विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैन : प्रदिप पौडेल
बिहीबार, १९ फागुन २०७८, १७ : ०७
नेपाली काँग्रेसका नेता प्रदिप पौडेलले स्वतन्त्र मुलुकमाथि आक्रमण गर्ने, स्वाधिनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य नहुने बताएका छन् ।
रुस र युक्रेनबीच भइरहेको युद्धको विषयमा सामाजिक सञ्जाल ट्विटरमार्फत यस्तो टिप्पणी गरेका हुन् । यस्तै, उनले युद्धले समाधान दिन नसक्ने भन्दै स्वतन्त्र राष्ट्रको अस्तित्व कायम गर्न विश्वव्यापी दवाव सिर्जना गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘रूसले युक्रेनमाथि गरेको आक्रमणको विश्वव्यापी निन्दा भइरहेको छ,स्वतन्त्र मुलुकमाथि आक्रमण गर्ने,स्वाधीनता र सार्वभौमिकताको खिलाफ गरिने कार्य विश्व जगतका लागि किमार्थ स्वीकार्य हुँदैन । युद्धले समाधान दिन सक्दैन स्वतन्त्र राष्ट्रको अस्तित्व कायम गर्न विश्वव्यापी दवाव सिर्जना गरौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
-
सिकलसेल भएका युवायुवतीले विवाह गर्दा अनिवार्य रगत परीक्षण गर्नुपर्ने सुझाव
-
राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा तिलक र आयशालाई स्वर्ण पदक
-
खोलामा डुबेर बालिकाको मृत्यु