बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा
सारांश
- बेंगलुरुमा रोयल च्यालेन्जर्सको विजय उत्सवमा भएको भागदौडपछि कर्नाटक क्रिकेट संघका सचिव र कोषाध्यक्षले राजीनामा दिए।
- मुख्यमन्त्रीका अनुसार भागदौडमा ११ जनाको मृत्यु र ३३ जना घाइते भए, जसमध्ये सबै खतरामुक्त छन्।
- क्लब र इभेन्ट म्यानेजमेन्ट कम्पनी विरुद्ध एफआईआर दर्ता भएपछि, अदालतले उनीहरूलाई १६ जुन सम्म पक्राउ नगर्न आदेश दिएको छ।
बेंगलुरु । रोयल च्यालेन्जर्स बेंगलुरुको विजय उत्सवका क्रममा भएको भागदौड प्रकरणमा कर्नाटक स्टेट क्रिकेट एसोसिएसनका सचिव ए. शंकर र कोषाध्यक्ष ई.एस. जयरामले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका छन्।
गत बुधबार बेंगलुरुको विजय परेडमा भागदौड मच्चिएको थियो। कर्नाटकका मुख्यमन्त्री सिद्धरमैय्याले भागदौडमा ११ जनाको मृत्यु भएको बताएका छन्। ३३ जना घाइते भएका छन्, जो खतरामुक्त छन्।
क्रिकेट एसोसिएसनका पदाधिकारीहरूले संयुक्त वक्तव्यमा भनेका छन्, ‘गत दुई दिनमा भएका अप्रत्याशित र दुर्भाग्यपूर्ण घटनाका कारण हामीले सचिव र कोषाध्यक्षको पदबाट राजीनामा दिएका छौँ । यद्यपि, यस घटनामा हाम्रो भूमिका सीमित मात्र थियो।’
कर्नाटक सरकारले क्लब, क्रिकेट एसोसिएसन र डीएनए एन्टरटेनमेन्ट नेटवर्कविरुद्ध एफआईआर दर्ता गरी जिम्मेवार अधिकारीहरूको पक्राउको आदेश दिएको थियो। त्यसपछि एसोसिएसनका अध्यक्ष
रघुराम भट, सचिव ए.शंकर र कोषाध्यक्ष ई.एस. जयरामले आफ्नाविरुद्धको एफआईआर खारेजको माग गर्दै अदालतमा निवदेन दिएका थिए। अदालतले १६ जुनसम्म उनीहरूलाई गिरफ्तारी नगर्न आदेश दिएको छ।
एसोसिएसनले अदालतमा आफ्नो जवाफमा चिन्नास्वामी स्टेडियमको गेटबाहिर भीड व्यवस्थापनको जिम्मेवारी क्लब र इभेन्ट म्यानेजमेन्ट कम्पनीको रहेको दाबी गरेको छ ।
यता, शुक्रबार क्लब र इभेन्ट म्यानेजमेन्ट कम्पनीका चारजना अधिकारीहरूलाई पक्राउ गरिएको थियो। अदालतले उनीहरूलाई १४ दिनको न्यायिक हिरासतमा पठाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण