आफ्नै भवनमा मण्डला, ‘रोगन’बाट मञ्चन सुरु
स्थापनाको १२ वर्षपछि मण्डला नाटक घरले आफ्नै भवन पाएको छ । बिहीबारदेखि नाटकघर थापागाउँस्थित आफ्नै भवनमा सरेको हो । बिहीबार आयोजित एक समारोहकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले मण्डलाका दुई नाटक घरको उद्घाटन गरे । कार्यक्रममा पुनले कला, साहित्य र संस्कृतिको सम्वद्र्धन गर्ने दायित्व सरकारको भएको समेत धारणा राखेका थिए ।
नयाँ भवन उद्घाटनसँगै मण्डलाले नाटक ‘रोगन’ को पनि मञ्चन गरेको थियो । उपराष्ट्रपति पुनले उक्त नाटक समेत अवलोकन गरेका थिए । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले २ नाटक घर बनाएको हो । जसमध्ये २०० सिट क्षमताको एउटा ठूलो र अर्काे बाल नाट्यकक्ष सहितको केही सानो रहेको छ ।
मण्डलाले नयाँ भवनमा नाटक घरसहित क्याफे, पुस्तकालय, पार्किङ र रेसिडेन्सी आवाससम्मको सुविधा राखेको छ । बिहीबारदेखि मञ्चन सुरु भएको नाटक ‘रोगन’ अब नियमित रुपमा केही समय मण्डलामा मञ्चन हुनेछ । संयोग गुरागाईंले लेखेको नाटक राजन खतिवडाले निर्देशन गरेका हुन् । केही महिना लगातार नयाँ नाटक मञ्चन गर्ने लक्ष्य रहेको मण्डलाले पहिले झै नाटकमा दर्शक पाउने अपेक्षा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण