अष्ट्रेलियामा ‘सिड्नी होली मेला’ आयोजना हुने
होलीको अवसर पारेर अष्ट्रेलियाको सिड्नीमा मार्च १९ मा ‘सिड्नी होली मेला २०२२’ आयोजना हुने भएको छ । बेलाबेलामा बिभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको फन्टास्टिक इभेन्न्टसले नै सिड्नीमा यो कार्यक्रम गर्न लागेको हो ।
सिड्नीमा कोरोनाका कारण विगत दुई बर्षदेखि कुनै पनि कार्यक्रमको आयोजना हुन नसकेको अवस्थामा १९ मार्च होल्ड्रेड गार्डेन्स, मेरिल्याण्डसमा यो कार्यक्रम आयोजना हुन लागेको हो । ‘सिड्नी होली मेला २०२२’ लाई संगीत, रंग र फुडको जमघटको रूपमा आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
कार्यक्रमका लागि नेपालबाट नेपाली गीत संगीत र नृत्यका चर्चित कलाकार प्रमोद खरेल, सुशान्त खत्री, अल्मोडा राना उप्रेती र दिनेश काफ्ले लगायत सहभागी हुँदैछन् । कार्यक्रममा सहभागी गायक गायिका तथा कलाकारले पछिल्लो समयका हिट गीतका अलवा नृत्य र कमेडी प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण