‘प्रहरी हुँ’ भन्दै फार्मेसी लुट्ने ८ जना पक्राउ
काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित समृध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा संलग्न रहेको आरोपमा ८ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जुम्ला गुठीचौर गाउँपालिका–५ का २६ वर्षीय देबी प्रसाद धिताल, धादिङ धुनबेशी नगरपालिका–३ का ३० वर्षीय शंकर रेग्मी, डडेलधुरा महाकाली नगरपालिका–२ का २८ वर्षीय हिक्मत महता, कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–४ का २७ वर्षीय सुबाष रतोकी र कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–२ का ३४ वर्षीय मिलन बोहरा रहेका छन् ।
पाँचथर याङ्गक गाउँपालिका–८ च्याङ्थापुका ३२ वर्षीय लिम्बु भन्ने भविन्द्र बेगा, नौमुले गाउँपालिका–५ सल्लेरीका २७ वर्षीय जिवन भन्ने योगेन्द्र बहादुर चन्द र प्युठान गौमुखी गाउँपालिका–६ का २१ वर्षीय कमल सुनारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उक्त फार्मेसीका संचालकलाई फागुन १२ गते ‘हामी प्रहरी हौं’ भन्दै उनीहरुले लुटपाट गरेको प्रहरीले जनाएको छ । उनीहरुले फार्मेसीबाट काउन्टरमा भएको नगद, एक थान मोबाइल, एक थान घडी, ई–सेवामा पठाएको नगद ११ हजार ७ सय रुपैयाँ र स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको खातामा रहेको ३ हजार ५ सय रुपैयाँ गरी कूल ६५ हजार रुपैयाँ लुटपाट गरेका थिए । प्रहरीले उनीहरूको साथबाट ११ थान मोबाइल, १ थान घडी, १ थान नागरिकता प्रमाणपत्र, ५ थान एटिएम कार्ड र २ थान बैंक चेक बरामद गरको जनाएको छ । न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण