पुटिनको चेतावनी - रुसमाथि थप प्रतिबन्ध लगाएर स्थिति खराब गर्ने काम नहोस्
युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरूलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरूलाई चेतावनी दिएका हुन् ।
उनको यो टिप्पणी सरकारी बैठकलाई सम्बोधन गरिरहेका समयमा आएको थिए । बैठकलाई रुसको सरकारी टेलिभिजन रोसया २४ ले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । सम्बोधनमा पुटिलले दाबी गरे 'छिमेकीविरुद्ध हाम्रो कुनै गलत मनसाय छैन ।' उनले दुई देशबीचको सम्बन्धलाई थप खराब गर्ने गरी युक्रेनले कुनै कदम अघि नबढाउनेमा आफूहरु विश्वस्त रहेको बताए ।
उनले भने, 'मलाई लाग्छ सबैले अब यस बारेमा सोच्न आवश्यक छ कि सम्बन्ध सामान्य कसरी हुने छ, सामान्य रुपमा एक अर्काको मद्दत रहोस् र सम्बन्धमा सुधार आओस् ।' रुसी सेनाको कारबाही रुसविरुद्धको केही कारबाहीको जवाफ भएको पुटिनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण