किशोरीलाई आत्मरक्षा तालिम दिन सुरु
नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीनदिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा–८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो । लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित उक्त तालिममा नगरको वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन् । नगरपालिकाको सहयोगमा मण्डनदेउपुर नगरको द माउन्ट एभरेस्ट तेक्वान्दो डोजाङले सञ्चालन गरेको उक्त तालिम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले शुभारम्भ गरे ।
तालिममा कुनै पनि दुव्र्यवहारको प्रश्न उठाउन, तत्काल प्रतिवाद गर्न, स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न, वा भौतिकरुपमा प्रतिकारसमेत गर्नसक्ने बनाउनेलगायत विषयमा जानकारी दिइने छ । यस्तै त्यस्ता घटनको कानूनी व्यवस्थाबारे पनि जानकारी दिइने छ ।
नगर प्रमुख तिमल्सिनाले तालिमले हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यस्तो तालिम अब निरन्तररुपमा सञ्चालन गरिने जानकारी दिए । “महिलामैत्री र बालमैत्री नगर निर्माणका लागि आफूहरुले निर्वाचित भएदेखि नै निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएका छौँ”, उनले भने । नगर उपप्रमुख रामदेवी तामाङले किशोरी भएदेखि नै लैैङ्गिक हिंसा सुरु हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण