‘सहमतिबाटै प्रधानन्यायाधीशमाथि महाअभियोग दर्ता भएको हो’
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् । पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको हो भने ।
उनले भने, “जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ । नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ ।”
उनले पुस्तकले माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । पुस्तकका लेखक महतराले जनयुद्धका समयमा आफूले पत्रकारिताका क्रममा भोगेका अनुभव र अनुभूतिलाई पुस्तकमा समेटेका छन्। पुस्तकमाथि प्रेस सेन्टर नेपालका पूर्वअध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार डा दीपेन्द्र रोकाया, पत्रकार महासङ्घका पूर्वसचिव प्रभात चलाउनेले टिप्पणी गर्दै यसले कठिन समयको स्मरण गराएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण