रञ्जनाले जितिन् मिस तामाङको ताज
आइतबार, २२ फागुन २०७८, १७ : ४०
‘मिस तामाङ २०२२’ को उपाधि सोलुखुम्बुकी रञ्जना स्याङ्बो तामाङले जितेकी छन् । एमडी ग्रुपको प्रस्तुति र मम्स इन्टरनेसनल नेपालको आयोजना रहेको प्रतियोगितामा १६ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा रञ्जनाले उपाधिसँगै एकलाख नगद तथा गिफ्ट ह्याम्पर पाएकी छिन् ।
राष्ट्रिय सभागृहमा शनिबार अबेर साँझ सम्पन्न अन्तिम काभ्रेकी पूजा तामाङ ‘फस्ट रनर अप’ बन्दै ५० हजार नगद पुरस्कार हात पार्दा डिजी लोप्चन ‘सेकेन्ड रनर अप’ र दोलखाकी प्रकृति पाख्रिन ‘थर्ड रनर अप’ भइन् ।
कार्यक्रममा तामाङ शैक्षिक परामर्श संघका अध्यक्ष केडी मोक्तान, डा. दिलबहादुर थोकर, ‘मिस तामाङ २०१७’की पिङ्की घिसिङ, ‘मिस नेपाल २०१९’ की अनुष्का श्रेष्ठ र निर्देशक राज किङ वाइबा निर्णायक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण