प्रेमको उतारचढावमा ‘आधा खुशी’
निर्देशक घनश्याम लामिछाने निर्देशित टेलिफिल्म ‘आधा खुशी’को ट्रेलर रिलिज भएको छ । प्रज्ञा फिल्मस्को व्यानरमा निर्माण भएको टेलिफिल्मको लेखक प्रदीप भारद्वाज हुन् । पारिवारिक प्रेमकथामा निर्माण भएको ‘आधा खुशी’ले एक युवाको प्रेममा आउने उतारचढावको कथा भन्छ ।
प्रज्ञा जोशीले निर्माण गरेको टेलिफिल्ममा सरोज खनालब, प्रज्ञा जोशी, लव शर्मा, भावु लम्साल, रिस्ता बस्नेत, सुस्मा कार्की, तेज गिरी, पुष्प लुँइटेल, दिपेश लामिछाने, निभा अधिकारी, विष्णु गौतम, राजेन्द्र थापा, राजकुमार फुँयाल, संगीता बस्याल, अस्मिता खनाललगायतका कलाकारको अभिनय रहेको छ ।
यो टेलिफिल्म चैत ७ गतेदेखि सिटि वान टेलिभिजन र ओएसआर मुभिजबाट प्रसारणमा आउँदै छ । टेलिफिल्ममा हरि लामा घलेको छायांकन, मिलन श्रेष्ठको सम्पादन, जुनिम गहतराजको कलर, श्याम लामाको मेकअप, बिकास चौधरीको संगीत रहेको छ । सिरियलकी सहलेखक सबु सुवेदी हुन् ।
निर्देशक लामिछानेले यसअघि ‘धौली’, ‘पन्चेबाजा’ र ‘अग्निदहन’ लगायतका फिल्म निर्देशन गरिसेकका छन् । निमात्री जोशी पनि टेलिफिल्म ‘सिन्दुर’ पछि टेलिफिल्म निर्माणमा फर्किएकी छन् । उनले ‘सम्झना’, ‘सपूत’, ‘न बिर्से तिमीलाई न पाए तिमीलाई’, ‘नोटबुक’ लगायतकाका फिल्म निर्माण गरिसकेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण