हास्य कलाकारले बनाएको फिल्म ‘लक्का जवान’ : हसाउला कि रुवाउला ?
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । निर्वाचन घोषणा भएका कारण वैशाखको अन्तिममा आउने तरखरमा रहेका केही फिल्मले आफ्नो रिलिज मिति परिवर्तन गरेका छन् ।
वैशाखको तेस्रो साता अर्थात वैशाख २३ गते प्रदर्शनमा आउने फिल्म ‘लक्का जवान’ भने नसर्ने भएको छ । कलाकार तथा निर्देशक शिवहरि पौडेलले निर्वाचन भएपनि आफ्नो फिल्म नसर्ने बताए ।
‘हामीले फिल्म बनाएको दुई वर्ष भइसकेको छ । कति फिल्म रिलिज हुँदैन मात्र भन्नु,’ निर्देशक पौडेलले रातोपाटीसँग भने, ‘निर्वाचन एकसाता अगाडि हामी फिल्म रिलिज गर्छौँ ।’ फिल्म २३ वैशाखमा रिलिज भनेर धेरै अगाडिदेखि प्रचारप्रसार गरिरहेका कारण पनि सार्ने मुड आफ्नो नभएको पौडेलले सुनाए ।
निर्वाचनको समय भएपनि आफ्नो फिल्मले दर्शक पाउनेमा पौडेल ढुक्क छन् । दर्शकले मनपराउने कमेडी र सेन्टिमेन्टल विषय फिल्ममा आफूले उठाएको उनी बताउँछन् । ‘हामी फिल्म मार्फत दर्शकलाई छिनछिनमा हसाउने र रुवाउन सक्षम हुनेछौँ’ पौडेलले अगाडि थपे ‘हामी कमेडियनले बनाएको फिल्मले हसाउँछ मात्र भन्ने सोच दर्शकमा हुन सक्छ । तर होइन हामीले कमेडी मार्फत रुवाउन पनि सक्छौँ भन्ने फिल्म मार्फत बुझाउनेछौँ ।’
निर्वाचनको कारण २३ वैशाखमा आउने भनिएको अर्काे फिल्म ‘कबड्डी ४’ ले भने आफ्नो रिलिज मिति परिवर्तन गरिसकेको छ । ‘कबड्डी ४’ दुई हप्ता पछाडि सार्दै १३ जेठमा पुगेको हो ।
प्रियंका कार्की, दिलीप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, स्वर्गीय जयनन्द लामा लगायतको अभिनय रहेको फिल्म शिवहरीले यसै फिल्म मार्फत ठुलो पर्दाको निर्देशनमा डेब्यु गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण