‘मिस हिमालयन ग्लोरी नेपाल’ छानिने
विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको ट्रेबल फेशन कन्सर्न प्रालिले ‘मिस हिमालयन ग्लोरी नेपाल २०२२’ आयोजना गर्ने भएको छ । युवतीहरूको प्रतिभा निखार्दै भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना हुन लागेको आयोजकले सोमबार एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागिताका लागि १६ देखि २६ वर्ष उमेर समूहका अविवाहित युवतीले मात्र सहभागी हुन सक्नेछन् । जसमा सहभागीको उचाई ५ फिट १ इन्च भन्दामाथि हुनुपर्ने प्रावधान आयोजकले राखेको छ ।
आगामी शनिबारबाट पहिलो चरणको अडिसन सुरु हुने प्रतियोगिताको अन्तिम स्पर्धा नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै आयोजना गर्ने आयोजक संस्थाका सिइओ शैलेन्द्र श्रेष्ठले जानकारी दिए । पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मोडलिङ, व्यक्तित्व विकास लगायत बिभिन्न प्रशिक्षण सहित अन्तिम स्पर्धामा सहभागी हुनेछन् ।
गोकर्णेश्वर नगरपालिका र सम्भव एजुकेसन कन्सल्टेन्सीको प्रायोजन रहेको प्रतियोगिता विजेताले म्युजिक भिडियो, टेलिसिरियल लगायतमा अभिनय अवसरको अलवा विभिन्न गिफ्ट र तेजस्वी कला केन्द्र एण्ड मिडियाको तर्फबाट डान्स, जुम्बा, संगीत, उद्घोषण तालिमलगायत अवसर समेत उपहारको रुपमा प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण