साथीलाई गोली हान्ने युवक पक्राउ
जनकपुरधाममा साथीलाई गोली हान्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित शिवपुर बस्ने अन्दाजी २५ वर्षीय रुपेश यादव रहेको धनुषाका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।
अभियुक्त यादवलाई आइतबार साँझ घटना पश्चात भारततर्फ भाग्दै गर्दा धनुषाको धनौजी गाँउपालिका वडा नम्बर ४ स्थित नेपाल–भारतको सिमावर्ती क्षेत्रबाट पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए । शनिवार राति कमला नगरपालिका वडा नम्बर ८ मा घर भई जनकपुरधाम वडा नम्बर १९ मा मामा घरमा बस्दै आएका १८ वर्षीय मुकेश मुखियामाथि गोली प्रहार भएको थियो । उनी गम्भिर घाइते छन् ।
प्रहरीले अनुसन्धान गर्दा गोली लागेका मुकेश मुखिया र गोली हान्ने रुपेश यादव दुवै जना मिल्ने साथी रहेको खुलेको छ । घाइते मुकेश मामाको किराना पसलमा बसिरहेको अवस्थामा अभियुक्त रुपेशले उनलाई पेस्तोल देखाउनका लागि पसलमै ल्याएका थिए । सोही पेस्तोलबाट गोली चल्दा मुखिया सख्त घाइते भएको प्रवक्ता बस्नेतले बताए । उनले दुवै जना साथी नै रहेको र दुवैबीच कुनै विवाद नरहेको भन्दै खेलाँचीका क्रममा गोली लागेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता बस्नेतको भनाइ छ ।
गम्भिर घाइते मुकेशको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
-
संसद्को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
-
मल अभाव, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सुरक्षा चुनौतीबारे संसद्मा सरकारको ध्यानाकर्षण
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण