संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख
कोरोनाको संक्रमण दर घटेसँगै नेपालमा पर्यटक आगमन सुधारोन्मुख देखिएको छ । सन् २०२२ को जनवरी र फेब्रुअरीमा नेपाल आउने पर्यटक संख्या सन् २०२१ को सोही अवधिको तुलनामा दोब्बरभन्दा बढी रहेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को पहिलो २ महिनामा कुल ३६ हजार ७४१ पर्यटक नेपाल आएका छन्, गतवर्षको सोही अवधिमा १८ हजार २० जना पर्यटक नेपाल आएका थिए ।
फेब्रुअरीमा १९ हजार ७६६ पर्यटक आएका छन् । यो सन् २०२१ को भन्दा दोब्बर बढी हो । गतवर्षको फेब्रुअरीमा ९ हजार १४६ पर्यटक नेपाल आएका थिए । यस्तै जनवरी महिनामा नेपालमा १६ हजार ९७५ पर्यटक आएका छन् । गतवर्षको सो महिनामा ८ हजार ८७४ पर्यटक नेपाल आएका थिए ।
कोरोना संक्रमण घट्दै जाँदा पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ । बोर्डका प्रमुख कार्यकारी निर्देशक (सीईओ) धनञ्जय रेग्मीले पछिल्ला महिनामा पर्यटक बढ्दै गएको बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
-
कक्षा १–५ सम्म आन्तरिक परीक्षा स्थगन सरकारको कार्यसूचीमा मात्रै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण