बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
सारांश
- प्रधानमन्त्री बालेन शाहले सरकारलाई 'ब्रेकविहीन गाडी' को संज्ञा दिएपछि दम्भपूर्ण नेतृत्व र संस्थागत मर्यादामाथि बहस सुरु भएको छ ।
- नेतृत्वमा गतिसँगै धैर्यता, विवेक र संस्थागत मर्यादाको सम्मान आवश्यक छ, जस्तै गाडीमा ब्रेक सुरक्षित यात्राको ग्यारेन्टी हो ।
- लोकतन्त्रमा संस्थागत नियन्त्रण र सन्तुलन सरकारका विरोधी नभई संरक्षक हुन्, जसले राष्ट्रलाई सही दिशामा अघि बढाउँछन् ।
राजनीतिमा केही प्रसङ्गहरू फरक हुन सक्छन्, तर तिनले दिने सन्देशमा समानता हुन्छ । नेपालको समकालीन राजनीतिमा पनि यस्तै एउटा रोचक समानता देख्न सकिन्छ । कुनै समय दुईतिहाइ बहुमतको शक्तिको नजिक पुगेको बेला केपी शर्मा ओलीले नेपालमा रेलगाडी कुदाउनेदेखि पानीजहाज चलाउनेसम्मका महत्वाकांक्षी सपना देखाएर जनतालाई आश्वस्त पार्ने प्रयास गरेका थिए । ती अभिव्यक्तिहरूमा आत्मविश्वासभन्दा बढी दम्भ झल्किएको आरोप लागेको थियो ।
आज फरक राजनीतिक परिवेशमा प्रधानमन्त्री बालेन शाहले चितवनमा आयोजित एक कार्यक्रममा वर्तमान सरकारलाई ‘ब्रेकविहीन गाडी’ को संज्ञा दिए । उनको अभिव्यक्तिको आशय सरकारको तीव्र निर्णय क्षमता र अवरोधरहित कार्यसम्पादनतर्फ सङ्केत गरिएको हुन सक्छ । तर अभिव्यक्तिको शैलीले फेरि एकपटक राजनीतिक दम्भ, अतिआत्मविश्वास र संस्थाप्रतिको दृष्टिकोणबारे बहस जन्माएको छ ।
एउटाले विकासको सपना देखाएर दम्भ प्रदर्शन गर्यो, अर्कोले सुशासनको सपना देखाएर । तर लोकतान्त्रिक राजनीतिमा सपना भन्दा पनि त्यसलाई कार्यान्वयन गर्ने शैली महत्त्वपूर्ण हुन्छ । इतिहासले बारम्बार देखाएको विषय के हो भने दम्भले क्षणिक लोकप्रियता दिन सक्ला, तर दीर्घकालीन सफलता भने प्रायशः दिन सक्दैन ।
गतिसँगै ब्रेक पनि अत्यावश्यक छ
नेतृत्वमा गति, ऊर्जा, साहस र परिवर्तनको आकांक्षा अपरिहार्य गुण हुन् । स्थिरता र जडतालाई चिर्दै समाजलाई अगाडि बढाउन यी गुणहरूको आवश्यकता पर्छ । तर यिनीसँगै धैर्यता, आत्मसंयम, विवेक र संस्थागत मर्यादाको सम्मान पनि त्यत्तिकै आवश्यक हुन्छ ।
सडकमा दौडिरहेको कुनै पनि गाडीको मूल्य केवल त्यसको गतिले निर्धारण गर्दैन । त्यसमा रहेको ब्रेक, चालकको सजगता, सडकको अवस्था र अन्य सवारीसाधनप्रतिको संवेदनशीलताले पनि निर्धारण गर्छ । वास्तवमा सुरक्षित यात्राको आधार तीव्र गति होइन, आवश्यक पर्दा गति नियन्त्रण गर्न सक्ने क्षमता हो ।
राजनीतिमा पनि जनसमर्थनले नेतालाई शक्तिशाली बनाउँछ । तर शक्तिले विवेकको स्थान लिन सक्दैन । बहुमतले निर्णय गर्न सजिलो बनाउँछ, तर सही निर्णय गर्ने बौद्धिकता स्वतः आउँदैन ।
लोकतन्त्र पनि यही सिद्धान्तमा चल्छ । संविधान, न्यायपालिका, संसद्, संवैधानिक निकाय, स्वतन्त्र सञ्चारमाध्यम र नागरिक समाज लोकतन्त्रका ब्रेक प्रणालीहरू हुन् । तिनको अस्तित्व सरकारलाई रोक्नका लागि होइन, सही दिशामा अघि बढाउनका लागि अपरिहार्य काम गरिरहेका हुन्छन् ।
ब्रेक गाडीको शत्रु होइन; ब्रेक नै सुरक्षित यात्राको ग्यारेन्टी हो । त्यसैगरी लोकतन्त्रमा संस्थागत नियन्त्रण र सन्तुलन सरकारका विरोधी अवधारणा होइनन्; ती नै लोकतान्त्रिक शासनका संरक्षक हुन् ।
स्मृतिमा सान्दर्भिक समानता
केही समयअघि मलाई भारत भ्रमणका क्रममा यमुना एक्सप्रेसवे हुँदै यात्रा गर्ने अवसर मिलेको थियो । भारतका उत्कृष्ट राजमार्गमध्ये मानिने यस सडकमा अधिकतम गति सीमा १२० किलोमिटर प्रतिघण्टा तोकिएको रहेछ ।
रातिको समयमा हाम्रो चालकले गाडीको गति १६० किलोमिटर प्रतिघण्टासम्म पुर्याएका रहेछन् । अझ चिन्ताको विषय त उनी झपक्क निदाउन थालेका थिए । सौभाग्यवश, सँगै यात्रा गरिरहेका अर्का साथीले समयमै स्थिति थाहा पाएर चालकलाई सचेत गराए । सम्भावित ठुलो दुर्घटना टर्यो ।
यो घटना केवल यात्राको स्मृति मात्र होइन; नेतृत्वबारे गहिरो शिक्षा दिने उदाहरण पनि हो । गति आफैँमा समस्या होइन । समस्या तब सुरु हुन्छ, जब चालकले आफूलाई अजेय ठान्न थाल्छ । जोखिमलाई बेवास्ता गर्छ र नियन्त्रणको आवश्यकता समाप्त भएको निष्कर्ष निकाल्छ ।
राजनीतिमा पनि जनसमर्थनले नेतालाई शक्तिशाली बनाउँछ । तर शक्तिले विवेकको स्थान लिन सक्दैन । बहुमतले निर्णय गर्न सजिलो बनाउँछ, तर सही निर्णय गर्ने बौद्धिकता स्वतः आउँदैन ।
हावा र नदीले सिकाउने पाठ
चितवनको सोही कार्यक्रममा बालेन शाहले आफूलाई हावाजस्तो नभएको बताएका थिए । तर प्रकृतिबाट नेतृत्वका लागि सिक्न सकिने पाठहरू असङ्ख्य छन् ।
हावाले कहिले हुरी बनेर अवरोध हटाउँछ, कहिले शीतल समीर बनेर राहत दिन्छ । यसको शक्ति केवल वेगमा होइन, परिस्थितिअनुसार आफूलाई रूपान्तरित गर्न सक्ने क्षमतामा निहित हुन्छ । नदी पनि प्रेरणाको स्रोत हो । तर नदीको अर्को रूप पनि हुन्छ । कहिले बाढी बनेर विनाश निम्त्याउँछ, कहिले सुक्दै गएर बालुवा मात्र बाँकी राख्छ ।
त्यसैले नेतृत्वको आदर्श न अनियन्त्रित हुरी हो, न अनियन्त्रित बाढी । नेतृत्वको आदर्श सन्तुलित प्रवाहमा हुनुपर्छ, जसले ऊर्जा पनि दिन्छ, दिशा पनि दिन्छ र स्थायित्व पनि प्रदान गर्छ ।
संविधान र संस्थागत मर्यादा
हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सन्दर्भमा व्यक्त गरिएका केही अभिव्यक्तिले पनि सार्वजनिक बहस सिर्जना गरेका छन् । नेपालको संविधानले अख्तियारलाई स्वतन्त्र संवैधानिक निकायका रूपमा स्थापित गरेको छ । यसको दायित्व कुनै व्यक्ति, दल वा सरकारको इच्छाअनुसार काम गर्नु होइन, कानुनअनुसार स्वतन्त्र रूपमा काम गर्नु हो ।
विश्व राजनीतिमा दम्भ र अतिआत्मविश्वासका कारण संकटमा परेका नेताहरूको सूची लामो छ । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन अत्यन्त शक्तिशाली अवस्थामा थिए । तर आफू कानुनभन्दा माथि रहेको मानसिकताले ‘वाटरगेट काण्ड’ जन्मायो । र, अन्ततः उनी पदत्याग गर्न बाध्य भए ।
लोकतन्त्रमा कुनै संस्था अक्षम, निष्क्रिय वा कमजोर देखिएमा त्यसको आलोचना गर्न पाइन्छ । सुधारको माग गर्न पाइन्छ । आवश्यक परे संवैधानिक प्रक्रियाअनुसार कारबाहीका उपायहरू पनि अवलम्बन गर्न सकिन्छ । तर कुनै संस्थालाई आफू अनुकूल बनाउन दबाब दिने, नियन्त्रण गर्ने वा धम्कीपूर्ण शैलीमा प्रस्तुत हुने प्रवृत्ति लोकतान्त्रिक संस्कारसँग मेल खाँदैन ।
झन् अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो संवैधानिक निकायमाथि त झनै मिल्दैन । किनभने लोकतन्त्रको मूल आधार व्यक्ति होइन, संस्था हो । व्यक्तिहरू आउँछन्, जान्छन् तर संस्थाहरू राष्ट्रको दीर्घकालीन आधारस्तम्भ बनेर रहिरहेका हुन्छन् ।
झन् शक्ति पृथकीकरणको सिद्धान्त अनुसार गठन गरिएका संस्थाहरुमा कार्यपालिकाबाट हस्तक्षेप हुनु झनै गम्भीर छ । त्यसैले यस्तो अवस्थामा सरकार जति नै गतिमा भएपनि उसले ब्रेक प्रयोग गर्नैपर्छ । यो स्वेच्छाचारी हुनु अगावैको चेतावनी सङ्केत हो, जसरी चालक निदाउन लाग्दा हाम्रो साथीले उनलाई सचेत गराए ।
इतिहासको चेतावनी
विश्व राजनीतिमा दम्भ र अतिआत्मविश्वासका कारण संकटमा परेका नेताहरूको सूची लामो छ । अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन अत्यन्त शक्तिशाली अवस्थामा थिए । तर आफू कानुनभन्दा माथि रहेको मानसिकताले ‘वाटरगेट काण्ड’ जन्मायो । र, अन्ततः उनी पदत्याग गर्न बाध्य भए ।
बेलायतकी पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरले देशलाई आर्थिक रूपान्तरणतर्फ डोर्याइन् । तर समयसँगै आफ्नै पार्टीभित्रको असन्तुष्टि र असहमतिको आवाजलाई बेवास्ता गर्दा अन्ततः उनी आफ्नै दलबाट विस्थापित भइन् ।
इतिहासको अर्को सत्य के हो भने लोकतन्त्र प्रायः एकैपटक ध्वस्त हुँदैन । यो क्रमशः संस्थाहरूलाई कमजोर बनाउने सोच, व्यक्तिलाई संस्थाभन्दा माथि राख्ने प्रवृत्ति र आलोचनालाई शत्रुताका रूपमा हेर्ने मानसिकताबाट कमजोर निर्माण हुँदै जान्छ ।
सफल नेतृत्वको साझा गुण
सफल नेतृत्वका उदाहरणहरू हेर्दा एउटा साझा विशेषता स्पष्ट देखिन्छ, आत्मविश्वास र विनयशिलताको सन्तुलन । नेल्सन मण्डेलाले २७ वर्ष जेल जीवन बिताएपछि पनि प्रतिशोधको बाटो रोजेनन् । उनले मेलमिलापलाई प्राथमिकता दिए र विभाजित समाजलाई एकताबद्ध गर्ने प्रयास गरे ।
लिक्वान युले सिंगापुरलाई विकासको उचाइमा पुर्याए, तर त्यो विकास कुनै व्यक्तिको जादूमा होइन, बलिया संस्थाहरूको जगमा उभिएको थियो । एन्जेला मर्केलको नेतृत्वलाई पनि धैर्यता, सन्तुलन र विवेकको प्रतीकका रूपमा स्मरण गरिन्छ ।
नेपालमा भने वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीति परिपक्व नेतृत्वको उत्कृष्ट उदाहरण हो । जेल, निर्वासन र राजनीतिक दमन भोगेपछि पनि उनले प्रतिशोधको राजनीति गरेनन् । बरु उनले राष्ट्रिय एकता, लोकतन्त्र र राष्ट्रहितलाई केन्द्रमा राख्दै मेलमिलापको अवधारणा अघि सारे ।
नेतृत्वमा आत्मविश्वास आवश्यक तत्व हो तर दम्भ सफलताको प्रतीक होइन । साहस आवश्यक छ, तर अहङ्कार हुनु राम्रो होइन । गति आवश्यक छ, तर ब्रेकविहीन होइन । परिवर्तनको आकांक्षा आवश्यक छ, तर संस्थाहरूलाई कमजोर बनाएर होइन ।
त्यतिबेला धेरैलाई उनको नीति अव्यवहारिक वा सम्झौतापरस्त लागेको थियो । तर वीपीले तत्कालीन राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय परिस्थितिलाई गहिरो रूपमा बुझेका थिए । उनको दृष्टिमा राष्ट्रको दीर्घकालीन हित तत्कालीन राजनीतिक प्रतिशोधभन्दा ठुलो थियो ।
आज इतिहासले प्रमाणित गरेको छ कि उनको राष्ट्रिय मेलमिलाप नीति केवल राजनीतिक रणनीति थिएन, त्यो राष्ट्रलाई विभाजनभन्दा सहमतितर्फ लैजाने दूरदर्शी सोच थियो । यी सबै उदाहरणहरूले एउटै कुरा भन्छन् कि स्थायी सफलता केवल तीव्र गतिबाट प्राप्त हुँदैन । त्यसका लागि स्पष्ट दिशा, धैर्यता, संस्थाप्रतिको सम्मान र आवश्यक पर्दा मेलमिलापको साहस पनि चाहिन्छ ।
नेतृत्वमा आत्मविश्वास आवश्यक तत्व हो तर दम्भ सफलताको प्रतीक होइन । साहस आवश्यक छ, तर अहङ्कार हुनु राम्रो होइन । गति आवश्यक छ, तर ब्रेकविहीन होइन । परिवर्तनको आकांक्षा आवश्यक छ, तर संस्थाहरूलाई कमजोर बनाएर होइन ।
सडकमा ब्रेकविहीन गाडी जति खतरनाक हुन्छ, लोकतन्त्रमा नियन्त्रणविहीन शक्ति त्यत्तिकै जोखिमपूर्ण हुन्छ । राष्ट्रलाई सही गन्तव्यमा पुर्याउने शक्ति केवल तीव्र गतिमा होइन, सही दिशा, सही निर्णय र सही समयमा गति नियन्त्रण गर्न सक्ने परिपक्वतामा निहित हुन्छ ।
लोकतन्त्रको वास्तविक सफलता कुनै व्यक्तिको वेगमा होइन, सम्पूर्ण प्रणालीको सन्तुलनमा निर्भर हुन्छ । र, त्यो सन्तुलन कायम रहुन्जेल मात्र राष्ट्रको यात्रा सुरक्षित, स्थिर र समृद्ध बन्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आप्रवासन अधिकारीको गोलीबाट एक जनाको मृत्यु
-
इरानमाथि अमेरिकी आक्रमणपछि बढ्यो कच्चा तेलको मूल्य
-
रुसद्वारा एक सातामै तेस्रोपटक किभमा क्षेप्यास्त्र आक्रमण
-
जेनजी आन्दोलनमा भएको तोडफोडपछि खण्डहर बन्दै सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (तस्बिरहरू)
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कराँची तट नजिक सम्पर्कविहीन कार्गो विमानको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण